• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’ मै, राजनीतिक स्थीरताले सुधारको संकेत

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’ मै, राजनीतिक स्थीरताले सुधारको संकेत
0
SHARES
4
VIEWS
काठमाडौं । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ मै कायम राखेको छ । नेपालको आगामी आर्थिक तथा वित्तीय अवस्थालाई मूल्याङ्कन गर्दै फिचले आउटलुक पनि स्थिर राखेको हो ।

नेपालले २०८१ मंसिर ७ मा पहिलो पटक र २०८२ मंसिर २ मा दोस्रो पटक यही क्रेडिट रेटिङ प्राप्त गरेको थियो ।

हालै सार्वजनिक प्रतिवेदनमा फिचले नेपालको न्यून सरकारी ऋण, बलियो विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाहलाई सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ । जलविद्युत् क्षेत्रको सम्भावना तथा बहुपक्षीय विकास साझेदारबाट प्राप्त हुने सहुलियतपूर्ण वित्तीय सहयोगले नेपालको ऋण तिर्न सक्ने क्षमतालाई बलियो बनाएको फिचको निष्कर्ष छ ।

तर कमजोर सुशासन, न्यून प्रतिव्यक्ति आय, सीमित आर्थिक विकास र प्राकृतिक विपद्को जोखिमका कारण नेपालको रेटिङमा सुधार हुन नसकेको प्रतिवेदनले देखाएको छ ।

फिचका अनुसार चालु आर्थिक वर्ष २०८३-८४ मा नेपालको आर्थिक वृद्धि ३.४ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो ।

भदौमा आएको बाढीले जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक यातायात, पर्यटन तथा औद्योगिक गतिविधिमा असर पारेको प्रतिवेदनमा उल्लेख छ । बाढीका कारण देशको जडित विद्युत् उत्पादन क्षमताको १० प्रतिशतभन्दा बढी प्रभावित भएको फिचले जनाएको छ ।

यद्यपि पुनर्निर्माण र पूर्वाधार पुनःस्थापनाको कामले आगामी आर्थिक वर्षमा अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ । फिचले आर्थिक वर्ष २०८४-८५ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

नेपालको बाह्य क्षेत्रलाई विप्रेषणले ठूलो भरथेग गरिरहेको पनि फिचले औँल्याएको छ । आर्थिक वर्ष २०८२-८३ मा विप्रेषण आप्रवाह कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३६ प्रतिशत पुगेको थियो ।

आगामी दुई आर्थिक वर्षमा चालु खाता बचत औसत ५.६ प्रतिशत रहने फिचको अनुमान छ । अघिल्लो वर्ष यस्तो बचत १४ प्रतिशत थियो ।

पुनर्निर्माणका लागि आवश्यक वस्तुको आयात बढ्नु, जलविद्युत् आयोजनामा लगानी वृद्धि हुनु र पर्यटन आम्दानीमा कमी आउनुले चालु खाता बचत घट्ने फिचको प्रक्षेपण छ ।

तर विप्रेषण आप्रवाह निरन्तर बलियो रहने अपेक्षाले बाह्य क्षेत्रलाई ठूलो जोखिमबाट जोगाउने फिचको विश्वास छ ।

प्रतिवेदनअनुसार नेपालको विदेशी मुद्रा सञ्चितिको अवस्था पनि सन्तोषजनक छ । नेपालको विदेशी मुद्रा सञ्चितिले आगामी दुई वर्षसम्म औसत १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अनुमान गरिएको छ । ‘बीबी’ रेटिङ समूहका देशहरूको औसत आयात धान्न सक्ने क्षमता भने ५.२ महिना मात्रै छ ।

सार्वजनिक ऋण बढे पनि नियन्त्रणभित्रै

फिचका अनुसार नेपालको सार्वजनिक ऋण आर्थिक वर्ष २०८४-८५ सम्ममा जीडीपीको ४८.२ प्रतिशत पुग्नेछ । आर्थिक वर्ष २०८२-८३ मा यस्तो अनुपात ४५.२ प्रतिशत थियो ।

बाढीपछिको पुनर्निर्माण, राजस्व सङ्कलनमा पर्न सक्ने असर र सरकारी खर्च बढ्ने भएकाले सार्वजनिक ऋणको अनुपात वृद्धि हुने अनुमान गरिएको हो ।

आगामी दुई वर्षमा बजेट घाटा औसत ४.१ प्रतिशत रहने फिचको प्रक्षेपण छ । तर नेपालको सरकारी ऋण ‘बीबी’ समूहका देशहरूको औसत ५२.७ प्रतिशतभन्दा कम रहने भएकाले तत्काल ठूलो वित्तीय जोखिम नरहेको फिचको निष्कर्ष छ ।

नेपालको बाह्य ऋण पनि अधिकांश सहुलियतपूर्ण सर्तमा प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिक स्थिरतालाई सकारात्मक रूपमा हेरियो

गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गरेपछि नेपालमा राजनीतिक स्थिरता र नीतिगत सुधारको सम्भावना बढेको फिचले निष्कर्ष निकालेको छ ।

सरकारले सुशासन सुधार र निजी क्षेत्रका लागि व्यावसायिक वातावरण सहज बनाउने प्रतिबद्धता जनाएको छ । यी सुधार प्रभावकारी रूपमा कार्यान्वयन भए नेपालको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्ने फिचको आकलन छ ।

तर बाढीपछिको राहत तथा पुनर्निर्माणमा सरकारको ध्यान केन्द्रित हुँदा सुधारका काम प्रभावित हुन सक्ने जोखिम पनि रहेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले अपेक्षित सुधार गर्न नसकेमा राजनीतिक अस्थिरता पुनः बढ्न सक्ने चेतावनीसमेत फिचले दिएको छ ।

बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्नु चिन्ताजनक

फिचले नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या बढ्दै जानुलाई चिन्ताको विषय मानेको छ । सन् २०२६ सेप्टेम्बरको मध्यसम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ५.७ प्रतिशत पुगेको छ ।

घरजग्गा कारोबारमा देखिएको सुस्तता र समग्र आर्थिक गतिविधिमा आएको कमजोरीले बैंकहरूको कर्जा असुलीमा दबाब परेको छ । त्यस्तै, वाचलिस्टमा रहेका कर्जाको अनुपात पनि बढेर ११.१ प्रतिशत पुगेको फिचले जनाएको छ ।

ठूला १० बैंकको कर्जा पोर्टफोलियो समीक्षा गर्दा थप कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थाको आवश्यकता देखिएको फिचको प्रतिवेदनमा उल्लेख छ ।

Previous Post

युरोपेली राजनीतिक समुदायको नवौँ शिखर सम्मेलन डब्लिनमा शुरु, सुरक्षा र आर्थिक चुनौतीबारे छलफल हुँदै

Next Post

सोनिया गान्धीको संस्मरणमा मोदी सरकारमाथि कडा प्रहार, प्रकाशक परिवर्तनदेखि राजनीतिक विवादसम्मका खुलासा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav