• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ पाँच दिनमै २३ लाखभन्दा बढी पटक हेरियो

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ पाँच दिनमै २३ लाखभन्दा बढी पटक हेरियो
0
SHARES
3
VIEWS

काठमाडौं । सरोज पौडेल निर्देशित फिल्म ‘सिन्दुरे जात्रा’को सार्वजनिक गीत ‘बाँसैको सुप्लाखे’ले दर्शकमाझ राम्रो चर्चा बटुल्न थालेको छ। युट्युबमा सार्वजनिक भएको पाँच दिनमै गीतले २३ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ।

गीतले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाएको छ। सामाजिक सञ्जालमा समेत गीतको चर्चा चुलिएको छ। विशेषगरी टिकटकमा यो गीत २० हजारभन्दा बढी भिडियोमा प्रयोग भइसकेको छ।

प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सुरज गैरे विवशको शब्द र प्रशान्त सिवाकोटीकै संगीत रहेको छ। प्रेमिल भाव समेटिएको गीतमा प्रेम, विश्वास, लाज र एकअर्काप्रतिको आकर्षणलाई प्रस्तुत गरिएको छ। प्रेममा रहेका युवायुवतीले इसारामार्फत व्यक्त गर्ने मनका भाव गीतको मुख्य आकर्षण बनेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली देखिएका छन्। उनीहरूको नृत्यलाई पनि दर्शकले रुचाएका छन्। गीतको लोकप्रियतासँगै फिल्मप्रति दर्शकको चासो थप बढेको देखिन्छ।

‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा नेपाली चलचित्र क्षेत्रका सफल जोडी विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा छन्। यी दुई कलाकारले यसअघि सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा पनि सँगै अभिनय गरेका थिए। ‘सिन्दुरे जात्रा’ उनीहरूको दोस्रो सहकार्य हो।

फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन्।

‘सिन्दुरे जात्रा’ आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

Previous Post

एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा ३ हजार १६४ जना सहभागी हुने

Next Post

चीन भ्रमणमा जान लागेका रास्वपा सांसदलाई प्रधानमन्त्रीको सुझाव : घुमघाममा मात्र सीमित नहोस्

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav