• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

दाङमै सुरु भयो मुटुको जटिल उपचार सेवा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा उपलब्ध

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
दाङमै सुरु भयो मुटुको जटिल उपचार सेवा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा उपलब्ध
0
SHARES
3
VIEWS

दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको कोरोनरी एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु भएसँगै मुटुरोगका बिरामीले जिल्लामै विशेषज्ञ उपचार पाउन थालेका छन्।

जिल्लामै पहिलोपटक मुटुको रक्तनलीसम्बन्धी यस्तो उपचार सेवा उपलब्ध भएपछि हृदयाघातलगायत मुटुसम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि अन्य जिल्ला तथा ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

प्रतिष्ठानमा मुटुरोगको उपचारका लागि आवश्यक क्याथ ल्याबसहित आधुनिक उपकरणको व्यवस्था गरिएको छ। फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेतीको नेतृत्वमा विशेषज्ञ टोलीले उक्त सेवा प्रदान गरिरहेको छ। प्रतिष्ठानमा इन्टरभेन्सनल कार्डियोलोजी सेवा विस्तारमा डा. उप्रेतीले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले कार्डियोलोजी विभागअन्तर्गत मुटुरोगसम्बन्धी विभिन्न विशेषज्ञ उपचार सेवा सञ्चालन भइरहेको जानकारी दिए। उनले मुटुरोगको सामान्य परीक्षणदेखि जटिल उपचार तथा शल्यक्रियासम्मका सेवा विस्तार हुनु प्रतिष्ठानका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए।

उनका अनुसार प्रतिष्ठानमा मुटुरोगका बिरामीका लागि छुट्टै बहिरङ्ग सेवा (ओपीडी) समेत सञ्चालनमा छ। बिरामीलाई सहज र गुणस्तरीय उपचार उपलब्ध गराउन आवश्यक उपकरण तथा विशेषज्ञ जनशक्तिको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।

प्रतिष्ठानको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै १९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा लिएका छन्। तीमध्ये १९० जनाले ओपीडीमार्फत उपचार गराएका थिए।

सोही अवधिमा मुटुसम्बन्धी साना तथा जटिल प्रकृतिका सातवटा उपचारात्मक प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ।

स्थानीयस्तरमै विशेषज्ञ उपचार सेवा उपलब्ध हुन थालेपछि दाङसहित आसपासका जिल्लाका मुटुरोगीलाई समेत उपचारमा सहजता हुने अपेक्षा गरिएको छ।


Previous Post

भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, क्षतिपूर्ति छिट्टै उपलब्ध गराउने सरकारको प्रतिबद्धता

Next Post

‘बाटुलो जून’का दृश्य सामाजिक सञ्जालमा अपलोड भएपछि साइबर ब्युरोमा उजुरी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav