• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सुदूरपश्चिम रोयल्स प्लेअफमा

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
सुदूरपश्चिम रोयल्स प्लेअफमा
0
SHARES
3
VIEWS

कीर्तिपुर । उत्कृष्ट बलिङ र फिल्डिङ प्रदर्शनलाई निरन्तरता दिँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफमा प्रवेश गरेको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँ गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको हो।

प्लेअफमा पुग्न जित्नैपर्ने अवस्थामा रहेको सुदूरपश्चिमले दिएको १२७ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो। यससँगै सुदूरपश्चिमले लगातार दोस्रो खेलमा सामान्य लक्ष्य रक्षा गर्दै जित निकालेको छ। यसअघि उसले जनकपुर बोल्ट्सविरुद्ध १२० रनको लक्ष्य जोगाएको थियो।

सात खेलबाट १० अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। दुई संस्करणको उपविजेता टोलीले पहिलो क्वालिफायरमा स्थान बनाउने सम्भावना पनि कायम राखेको छ।

काठमाडौँ गोर्खाज भने छैटौँ खेलमा पराजित भएपछि प्लेअफ यात्राका लागि थप दबाबमा परेको छ। लुम्बिनी लायन्स यसअघि नै प्लेअफमा पुगिसकेको छ। बाँकी दुई स्थानका लागि काठमाडौँ, विराटनगर किङ्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ। काठमाडौँ र विराटनगरको एक–एक खेल बाँकी रहँदा चितवनले दुई खेल खेल्न बाँकी छ। चितवनले शुक्रबार साँझ जनकपुर बोल्ट्ससँग खेल्नेछ। उक्त खेलमा चितवन विजयी भए काठमाडौँ र विराटनगरमाथि दबाब बढ्नेछ। हाल काठमाडौँ र विराटनगरको समान ८ अंक छ भने चितवनको ५ अंक रहेको छ।

लक्ष्य पछ्याउने क्रममा काठमाडौँका लागि रासिद खानले अविजित ३५ रन बनाए। दुसान हेमन्थले २१ तथा ओपनर साम हेजलेटले ११ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा टोली जितबाट टाढियो। सुदूरपश्चिमले २० रन अतिरिक्त दिएको भए पनि काठमाडौँले त्यसको फाइदा उठाउन सकेन।

सुदूरपश्चिमको बलिङमा अनिल खरेलले सर्वाधिक दुई विकेट लिए। स्कट कुग्गेलिन, हेमन्त धामी र फाबियन एलनले समान एक विकेट हात पारे। टोलीको जितमा दीपेन्द्रसिंह ऐरीले खेलेको ६० रनको अर्धशतकीय पारी महत्त्वपूर्ण बन्यो। उत्कृष्ट प्रदर्शनका लागि उनी खेलको प्लेयर अफ द म्याच घोषित भए।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सुरुवातमै खराब प्रदर्शन गरेको थियो। शीर्ष चार ब्याटर सस्तैमा आउट भएपछि टोली दबाबमा परेको थियो। ओपनर स्कट कुग्गेलिनले एक छक्का प्रहार गरे पनि क्याच आउट भए। तेस्रो नम्बरमा आएका ब्रान्डन म्याकमुलेन र इशान शून्य रनमै पवेलियन फर्किए। अर्का ओपनर विनोद भण्डारी पनि एक रन बनाएर एलबीडब्ल्यू आउट भए।

प्रारम्भिक ब्याटिङ धराशायी भएपछि कप्तान दीपेन्द्रले आरिफ शेखसँग मिलेर इनिङ्स सम्हाले। पाँचौँ विकेटका लागि उनीहरूले ५४ रनको साझेदारी गरे। आरिफले १६ रन बनाएर रनआउट हुनुअघि टोलीलाई महत्त्वपूर्ण साथ दिएका थिए।

दीपेन्द्रले ५४ बलमा ५ चौका र २ छक्काको मद्दतले ६० रन बनाए। १६.४ ओभरमा जहानदाद खानको बलमा उनको क्याच छुटेपछि उनले थप खेल्ने अवसर पाएका थिए। उक्त क्याच काठमाडौँका कप्तान करण केसीले छाडेका थिए।

दीपेन्द्रले छैटौँ विकेटका लागि पनि ५४ रनको साझेदारीमा योगदान दिए। अन्त्यतिर थारिन्दु रत्नायके २६ रनमा अविजित रहे भने फाबियन एलनले २ रन बनाए। यसरी सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो।

काठमाडौँका लागि बलिङमा जहानदाद खानले तीन विकेट लिए भने सन्तोष यादवले दुई विकेट हात पारे।

Previous Post

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

Next Post

छठ पर्वको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav