राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले कात्तिक ३० गते सोमबार पनि विभागबाट नियमित रूपमा सेवा प्रवाह हुने जानकारी दिएका छन्।
उनका अनुसार अन्य कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीले राहदानीसम्बन्धी सेवा लिन सक्नेछन्।
सार्वजनिक बिदाका कारण राहदानी बनाउन तथा नवीकरण गर्न चाहने सेवाग्राहीलाई समस्या नहोस् भनेर बिदाको दिन पनि कार्यालय सञ्चालन गर्न लागिएको महानिर्देशक विश्वकर्माले बताए।
यद्यपि, छठ पर्व मनाउने विभागका कर्मचारीहरूलाई भने सोमबार बिदा दिइएको छ।
