• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

प्रहरीमा एआईजीको एउटा पद रिक्त, डीआईजीका दुई दरबन्दी खाली हुँदै

डा. मनोज केसी आईजीपी बनेपछि अपराध अनुसन्धान विभाग एआईजीविहीन, मंसिर २३ मा डीआईजी विनोद घिमिरेले अवकाश पाउने

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
प्रहरीमा एआईजीको एउटा पद रिक्त, डीआईजीका दुई दरबन्दी खाली हुँदै
0
SHARES
6
VIEWS

काठमाडौँ । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएको छ। तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरिएपछि उक्त पद खाली भएको हो।

मन्त्रिपरिषद्ले कार्कीका लागि प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेको थियो। उक्त पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहनेछ।

कार्कीको स्थानमा सरकारले डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। डा. केसी ३४औँ आईजीपी नियुक्त भएपछि उनी कार्यरत रहेको अपराध अनुसन्धान विभाग एआईजीविहीन बनेको हो।

एआईजीमा बढुवासम्बन्धी निर्णय बढुवा समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था छ। अहिले एआईजी बढुवाका लागि डीआईजीहरू राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द्र थपलिया र दीपेन्द्र घर्ती क्षेत्री प्रतिस्पर्धामा छन्।

त्यसैगरी डीआईजीहरू सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत र जयराज सापकोटा पनि बढुवाका लागि योग्य छन्। जानकारहरूका अनुसार मेरिट सूचीमा अगाडि रहेका अधिकारीमध्ये एक जना एआईजीमा बढुवा हुने सम्भावना छ।

मंसिरमा दुई डीआईजी पद रिक्त हुने

नेपाल प्रहरीमा यही मंसिर महिनाभित्र दुईवटा डीआईजी दरबन्दी खाली हुने भएका छन्। एआईजीमा बढुवा भएपछि एउटा पद रिक्त हुनेछ भने विशेष ब्युरोमा कार्यरत डीआईजी विनोद घिमिरेको अवकाशसँगै अर्को पद खाली हुनेछ।

घिमिरे यही मंसिर २३ गते अवकाशमा जाँदै छन्। राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी सेवामा आएका उनी २०५४ माघ २८ गते सेवामा प्रवेश गरेका थिए। प्रहरीका एक उच्च अधिकृतका अनुसार ५६ वर्षे उमेरहदका कारण घिमिरेले अवकाश पाउन लागेका हुन्। प्रहरी प्रधान कार्यालयको अभिलेखमा उनको जन्ममिति २०२७ मंसिर २४ उल्लेख छ।

पुस ४ मा पाँच एआईजी र चार डीआईजी अवकाशमा

आगामी पुस ४ गते नेपाल प्रहरीका पाँच जना एआईजी र चार जना डीआईजी अवकाशमा जाने भएका छन्। राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ गते सेवा प्रवेश गरी पछि प्रहरी सेवामा आएका उनीहरू ३० वर्षे सेवा अवधि पूरा भएपछि निवृत्त हुन लागेका हुन्।

अवकाश पाउने एआईजीहरूमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक रहेका छन्।

त्यस्तै, डीआईजीहरू ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा र सुरेन्द्र गुरुङ पनि पुस ४ गते अवकाशमा जानेछन्।

 

Previous Post

छठ पर्वको तयारीमा जुट्यो काठमाडौं, थापाथलीदेखि गौरीघाटसम्म घाट सजाउन चटारो

Next Post

अबुधाबीमा आजदेखि ‘नेसनल टोलरेन्स फेस्टिभल २०२६’, नेपाली कला र संस्कृति मुख्य आकर्षण

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav