• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 20, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण कोरियाका लागि नेपालका प्रस्तावित राजदूत प्रा. डा. सङ्गम श्रेष्ठले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई केवल औपचारिकतामा मात्र सीमित नराखी नेपालको आर्थिक समृद्धि र नागरिक सुरक्षाको आधारस्तम्भ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो चारवर्षे कार्ययोजना प्रस्तुत गर्दै उनले प्रविधि हस्तान्तरण, हरित विकास, व्यापार घाटा न्यूनीकरण र प्रवासी नेपालीहरूको हित रक्षालाई आफ्नो मुख्य कार्यभारका रूपमा अघि सारेका हुन्। डा. श्रेष्ठले नेपालको संविधान र परराष्ट्र नीतिद्वारा निर्देशित रहेर कोरियासँगको ५० वर्षे सम्बन्धलाई पुनर्गठन गर्ने योजना अघि सारेका छन्। कोरियामा कार्यरत ९१ हजारभन्दा बढी नेपालीहरूको मर्यादा, सुरक्षा र हकहितको संरक्षणलाई उनले आफ्नो पहिलो र सर्वोच्च प्राथमिकतामा राखेका छन्। उनले आपत्कालीन सहायताका लागि २४ सै घण्टा सञ्चालन हुने ‘एकीकृत मुद्दा व्यवस्थापन प्रणाली’ स्थापना गर्ने र सोलबाहिर घुम्ती शिविरमार्फत सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्।

आर्थिक कूटनीतिका सन्दर्भमा उनले नेपाल र कोरियाबीचको बढ्दो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै निर्यात प्रवर्द्धन र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन जोड दिएका छन्। कोरियाको प्रविधि र नेपालको सम्भावनालाई जोड्न स्वच्छ ऊर्जा, कृषि प्रशोधन, पर्यटन र विद्युतीय यातायातमा लगानीयोग्य परियोजनाहरू तयार गरिने उनको भनाइ छ। उनले कोरियालाई श्रम गन्तव्य मात्र नभई नेपालको औद्योगिक रूपान्तरण र प्रविधि हस्तान्तरणको रणनीतिक साझेदारका रूपमा विकास गर्ने योजना सार्वजनिक गरेका छन्।

आफ्नो प्राज्ञिक र संस्थागत अनुभवलाई आधार मान्दै डा. श्रेष्ठले कोरियाली वैज्ञानिक तथा प्राविधिक सञ्जालसँगको दशकौँ पुरानो सम्बन्धलाई दुई देशबीचको नीतिगत र प्राविधिक सहकार्यमा उपयोग गर्ने बताएका छन्। उनले संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेको कार्ययोजनामा नागरिक सेवा, संसदीय संवाद, आर्थिक कूटनीति, डिजिटल रूपान्तरण र जलवायु उत्थानशीलतासहितका सातवटा रणनीतिक स्तम्भहरू समेटिएका छन्।
राजदूतको कार्यकाल सकिएपछि पनि नेपाल–कोरियाबीचको सहकार्य निरन्तर रहोस् भन्ने उद्देश्यले संस्थागत अभिलेख र अनुगमन प्रणाली स्थापना गर्ने उनको योजना छ। समितिसमक्ष उनले आफ्नो अनुभव, कोरियासँगको सञ्जाल र स्पष्ट मार्गचित्रसहितको कार्ययोजना प्रस्तुत गर्दै नियुक्त भएपश्चात् नतिजामुखी काम गर्ने दृढता व्यक्त गरेका छन्।

 

Previous Post

ग्रीनसिटी हस्पिटल बन्यो कर्णाली याक्सको मेडिकल पार्टनर

Next Post

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजार ४५८ प्रहरी परिचालन

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In