२९ असोज, काठमाडौं । काठमाडौंस्थित रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार रानीपोखरीमा पुरुषको शव भेटिएको हो।
फेला परेको शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार मृतक पुरुषको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको डीआईजी थपलियाले जानकारी दिए।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
