• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

काँग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउँछौँः सहमहामन्त्री आलम

रिजन खड्का by रिजन खड्का
२९ अशोज, २०८३
A A
काँग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउँछौँः सहमहामन्त्री आलम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउने बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा विजयी भएपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टी र देशको आवश्यकता बुझ्ने सक्षम नेतृत्व भएकोले सबैलाई समेटेर अघि बढ्ने बताए । उनले देशमा सङ्कट पर्दा नेपाली कांग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेर समाधान गरेको उल्लेख गर्दै आगामी दिनमा पनि गर्ने बताए । विगतमा नेतृत्व तहबाट भएका कमी–कमजोरी सुधार गर्दै पार्टीले आफ्नो ऐतिहासिक पहिचानलाई निरन्तरता दिने उनको भनाइ छ ।

उनले भने, ‘मुलुकको इतिहासमा जब–जब सङ्कट परेको छ, तब यो देशलाई सम्हालेकै नेपाली कांग्रेसले हो । कांग्रेसले जुन कल्चर बसालेको छ, आफ्नो पहिचान बनाएको छ, त्यो पहिचानलाई निरन्तरता दिँदै र केही भएका कमी–कमजोरीहरूलाई सुधार गर्दै अघि बढ्छौँ । नेपाली जनतालाई राम्ररी थाहा छ, जब यो मुलुकमा सङ्कट आउँछ, त्यतिबेला नेपाली कांग्रेस काम आउँछ । आगामी दिनमा पनि नेपाली कांग्रेसलाई नै जनताले माया गर्नेछन् । कांग्रेस पनि एकदम मिलेर अगाडि जान्छ, पार्टी कार्यालय सानेपा सबै नेपाली कांग्रेसजनको हो । सबैको यसमा लगानी छ, सबै जना यहीँ आउनुहुन्छ र पार्टी एकढिक्का भएर अगाडि बढ्छ । गगनकुमार थापा गतिशील व्यक्तित्व हुनुहुन्छ । उहाँले समाज र देश बुझ्नुभएको छ । पार्टीको आवश्यकता र नेपाली जनताको चाहना पनि बुझ्नुभएको छ । उहाँले सबैलाई मिलाएर पार्टीलाई नयाँ उचाइमा लैजानुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

उनले सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउन कांग्रेसले निरन्तर खबरदारी गर्ने पनि बताए । हाल सरकारका कमजोरी औँल्याउने, जनताका अपेक्षाअनुसार काम गर्न प्रेरित गर्ने र सरकारलाई निरन्तर खबरदारी गर्ने कांग्रेसको प्रमुख जिम्मेवारी रहेको उनको भनाइ छ । उनले सरकारले चाडपर्वका बेला महँगी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । वर्तमान सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि त्यसअनुसार काम हुन नसकेको उनको टिप्पणी छ ।

 

Previous Post

मोरङ कारागारमा लागुऔषध लैजान खोज्ने दुई दिदीबहिनी पक्राउ

Next Post

भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000