• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको तयारी तीव्र, टेन्डर प्रक्रिया अघि बढ्यो

रिजन खड्का by रिजन खड्का
८ कार्तिक, २०८३
A A
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको तयारी तीव्र, टेन्डर प्रक्रिया अघि बढ्यो
0
SHARES
0
VIEWS

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको तयारी तीव्र, टेन्डर प्रक्रिया अघि बढ्यो

धनुषाको ढल्केवरमा निर्माण गर्ने योजना रहेको क्रिटिकल केयर तथा ट्रमा सेन्टरको निर्माण प्रक्रिया अघि बढेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्।

आइतबार प्रस्तावित निर्माणस्थलको निरीक्षणका क्रममा मन्त्री मेहताले टेन्डरसम्बन्धी आवश्यक कागजातमा स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भइसकेको र ती कागजात पूर्वाधारसम्बन्धी निकायमा पठाइएको जानकारी दिइन्।

उनका अनुसार आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान गरिनेछ। त्यसपछि निर्माण कार्य अघि बढ्नेछ। आयोजना सरकारको बहुवर्षीय योजनामा समेटिएकाले ट्रमा सेन्टर निर्माण हुनेमा शङ्का गर्नुपर्ने अवस्था नरहेको उनले बताइन्।

निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी सन्तोषजनक देखिएको उल्लेख गर्दै मन्त्री मेहताले प्रक्रिया छिट्टै टुङ्ग्याएर शिलान्यास गर्ने विश्वास व्यक्त गरिन्।

स्थानीयवासीले भने लामो समयदेखि निर्माणको आश्वासन पाए पनि काम सुरु नभएको भन्दै आयोजना कार्यान्वयन हुनेमा आशङ्का गर्दै आएका छन्।

निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले निर्माण कार्य सुरु भएपछि मात्रै स्थानीयले आयोजनाप्रति विश्वास गर्ने बताए। उनले शिलान्यास र निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराए।

महतोले ट्रमा सेन्टर निर्माणको विषयमा स्थानीयले लामो समयदेखि आश्वासन सुन्दै आएको उल्लेख गर्दै अब व्यवहारमै काम सुरु हुनुपर्नेमा जोड दिए।

उक्त निरीक्षणमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा निकायका प्रमुखहरूको पनि उपस्थिति थियो।

Previous Post

कैद हदका कारण प्यारोल रोक्न मिल्दैन : सर्वोच्च अदालत

Next Post

भारतमा विशाल बाँध परियोजनाविरुद्ध हिंसात्मक प्रदर्शन, ४० प्रहरी घाइते

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav