नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
आइतबार सुन प्रतितोला ११ हजार रुपैयाँले घटेर दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४० रुपैयाँले बढेर तीन हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
