• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एनपीएल छाडेर पाकिस्तानी टोलीमा फर्किँदै साहिबजादा फरहान

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
एनपीएल छाडेर पाकिस्तानी टोलीमा फर्किँदै साहिबजादा फरहान
0
SHARES
0
VIEWS

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान राष्ट्रिय टोलीमा परेपछि पाकिस्तान फर्किने भएका छन् ।

श्रीलंकासँग हुने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखलामा सहभागी हुन पाकिस्तान क्रिकेट टोलीले उनलाई बोलाएको कर्णाली याक्सले जानकारी दिएको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सम्पन्न भएपछि पुनः एनपीएलमा फर्किन सक्ने सम्भावना छ । उनको अनुपस्थितिमा टोलीमा केही समयका लागि वैकल्पिक खेलाडी भित्र्याउने तयारी भइरहेको उनले बताएका छन् ।

घिमिरेका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउन थप २५ हजार अमेरिकी डलर मागेको छ । खेलाडीहरूले आवश्यक एनओसी प्राप्त गरेर नेपाल आइसकेपछि पुनः अतिरिक्त रकम मागिनु उचित नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

पाकिस्तानी खेलाडीलाई एनपीएलमा सहभागी गराउनुको उद्देश्य उनीहरूको खेल प्रदर्शनबाट नेपाली दर्शकलाई परिचित गराउनुका साथै नेपालको क्रिकेट विकासमा योगदान पुर्‍याउनु पनि रहेको घिमिरेले बताएका छन् । नेपाली क्रिकेट विकासको क्रममा रहेको अवस्थामा प्रतियोगिता नजिकिँदै गर्दा थप आर्थिक भारको माग आउनुले आफूहरू निराश भएको उनले बताए ।

उनका अनुसार अतिरिक्त रकम भुक्तानी गरेर भए पनि पाकिस्तानी खेलाडीलाई प्रतियोगितामा निरन्तरता दिने विषयमा कर्णाली याक्सभित्र छलफल भइरहेको थियो । तर, फरहानलाई राष्ट्रिय टोलीबाट खेल्न बोलाइएपछि उनी पाकिस्तान फर्किनुपर्ने अवस्था आएको हो । अक्टोबर ३१ मा खेल सकिएपछि उनी पुनः कर्णाली याक्समा जोडिने अपेक्षा गरिएको घिमिरेले बताएका छन् ।

यस घटनालाई पाकिस्तानसँगको सम्बन्धमा नकारात्मक असर पार्ने विषयका रूपमा नलिनुपर्ने धारणा पनि घिमिरेले राखेका छन् । आगामी दिनमा समेत पाकिस्तानी खेलाडीको आवश्यकता पर्न सक्ने भएकाले दुवै पक्षबीचको सम्बन्ध कायम राख्दै समस्याको समाधान खोज्नुपर्ने उनले बताए ।

कर्णाली याक्सले साहिबजादा फरहानसँगै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा समावेश गरेको छ । फरहान राष्ट्रिय टोलीको जिम्मेवारीका लागि पाकिस्तान फर्किने भएपछि उनको अनुपस्थितिमा खेल्ने अर्को विदेशी खेलाडी ल्याउने तयारी कर्णालीले अघि बढाएको छ ।

घिमिरेका अनुसार विदेशी खेलाडीलाई एनपीएलमा सहभागी गराउनु नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर उकास्ने र प्रतियोगिताप्रति दर्शकको आकर्षण बढाउने योजनाकै एउटा हिस्सा हो । प्रतियोगिता सुरु हुने समयमै यस्तो समस्या देखिनुले टोलीलाई निराश बनाएको उनले बताएका छन् ।

Previous Post

गोलबजार झडप : वडाध्यक्ष सोहेव अनवर पक्राउ

Next Post

‘मन्त्री जनतालाई भेट्न जानुपर्छ’ : भूमि व्यवस्थामन्त्री प्रतिभा रावल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav