• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गोलबजारबाट ५३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
गोलबजार झडप : वडाध्यक्ष सोहेव अनवर पक्राउ
0
SHARES
0
VIEWS

सिरहा, ९ कात्तिक । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया चोकस्थित सडकखण्डबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका कार्यालय प्रमुख प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीसमेतको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको एफजेडएस मोटरसाइकल रोकी खानतलासी गर्दा सिरहाको सुखीपुर नगरपालिका–५ बस्ने उत्तिमलाल यादवका ३१ वर्षीय छोरा अजयकुमार यादवको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलले बताए।

उनले भने, ‘अजयकुमारले बोकेको हाफ पाइन्टको दाहिने खल्तीमा रहेको एक थान मोबाइल र बायाँ खल्तीमा रहेको गिलो अवस्थामा दुईवटा प्लास्टिकभित्र खैरो हेरोइनजस्तो पदार्थ फेला परेको छ।’ डिजिटल तराजुमा प्लास्टिकसहित तौल गर्दा उक्त पदार्थको तौल ५८.५२ ग्राम रहेको र प्लास्टिक हटाउँदा ५३.०३ ग्राम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार सिरहाको सुखीपुर नगरपालिका–१० बस्ने शिवजी यादवका २५ वर्षीय छोरा अरविन्दकुमार यादवको साथबाट पनि खैरो रङको पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट कालो रङको एक थान डिजिटल तराजु र प्रदेश नम्बर उल्लेख भएको एमए स्टेट ०१००६ पीए ५१३९ नम्बरको खरानी रङको एफजेडएस मोटरसाइकलसमेत बरामद गरिएको छ।

प्रहरीले लागुऔषधजस्तो देखिने पदार्थ, डिजिटल तराजु र मोटरसाइकल बरामद गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Previous Post

बबरमहलको आकासे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

Next Post

कांग्रेसमा हार्नेहरूलाई पनि क्षमताअनुसार जिम्मेवारी दिइनेछ : गगन थापा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav