• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक
0
SHARES
0
VIEWS

काठमाडौं, ९ कात्तिक । नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ स्वाद र मौलिक कथावस्तुसहित वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ। केबी डिजिटल युट्युब च्यानलमार्फत उक्त सिरिजको ट्रेलर र पहिलो एपिसोड सार्वजनिक गरिएको हो।

गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र एउटा अनौठो श्रापको वरिपरि घुम्ने यस सिरिजले दर्शकलाई मनोरञ्जनसँगै जीवन, परिवार, मित्रता र समयको महत्त्वबारे सोच्न प्रेरित गर्ने अपेक्षा निर्माण टोलीले गरेको छ।

ओरियन पिक्चर्स र फजी फिल्म्सको संयुक्त निर्माणमा तयार भएको यस सिरिजको कथा तथा पटकथा शिशिर राणाले लेखेका हुन् भने निर्देशन किरण दाहालले गरेका छन्।

सिरिजको निर्माण पक्षले हास्य र भावनात्मक पक्षलाई संयोजन गर्दै नेपाली गाउँघरको परिवेशमा आधारित रोचक कथा दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

यस वेब सिरिजमा युवा तथा अनुभवी कलाकारहरूको आकर्षक संयोजन देख्न पाइनेछ। मुख्य कलाकारहरूमा अभिषेक फुयाँल, रसल श्रेष्ठ, सुनील तामाङ, तुलसी राय, सबी थापा, लिसा बरनवाल, सृजना भुजेल र गीत लिम्बू रहेका छन्।

त्यसैगरी, वरिष्ठ कलाकारहरू नरेन्द्र थापा, श्याम राई, बिपना बस्नेत, सन्तु तामाङ, रामकाजी घिमिरे र गीता थापाको अभिनयले सिरिजलाई थप बलियो बनाएको निर्माण टोलीले बताएको छ।

सिरिजको निर्देशन किरण दाहालले गरेका छन् भने कथाको परिकल्पनादेखि पर्दामा प्रस्तुतिसम्म विभिन्न विधामा अनुभवी तथा सिर्जनशील टोली संलग्न रहेको छ।

सिरिजमा किरण दाहाल, विवेक मगर र मणि राज पौडेल निर्माता रहेका छन्। बी एन्ड बी टेक तथा हाकिम इन्टरटेनमेन्ट सह–निर्माताका रूपमा आबद्ध छन्।

सिरिजको प्राविधिक टोलीमा प्रोडक्सन डिजाइनर तथा प्रोडक्सन हेडका रूपमा मणि राज पौडेल रहेका छन्। छायांकनको जिम्मेवारी विवेक मगर र योदिन योञ्जनले सम्हालेका छन्। प्रमुख सहायक निर्देशकमा निश्चल तामाङ तथा सहायक निर्देशकमा सुमन सार्की र सृजना भुजेल रहेका छन्। सम्पादन विवेक मगर र आलोक वाग्लेले गर्नेछन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी निश्चल श्रेष्ठले सम्हालेका छन्।

‘तथास्तु’ वेब सिरिजको शीर्ष गीत हर्क साउदले तयार गरेका हुन्। सिरिजको ब्याकग्राउन्ड स्कोर अनमोल थापाले तयार पारेका छन्।

मनोरञ्जनका साथै जीवनप्रतिको दृष्टिकोण र सम्बन्धको महत्त्वलाई उजागर गर्ने ‘तथास्तु’ दर्शकका लागि हाँसो, भावना र आत्मबोधको संयोजन बन्ने विश्वास निर्माण टोलीले लिएको छ।

वेब सिरिजको ट्रेलर तथा पहिलो एपिसोड यहाँ हेर्न सकिन्छ: https://www.youtube.com/watch?v=k0Ve36KYyHQ&t=280s

Previous Post

बक्स अफिस रिपाेर्ट : दीपकराज गिरी र विराज भट्टलाई पल शाहले उछिने

Next Post

पत्नी सुनितासँगको सम्बन्धबारे गोविन्दाको प्रतिक्रिया, भने– हिन्दु संस्कृतिमा सम्बन्धविच्छेदको स्थान छैन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav