• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कांग्रेसमा उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने गगन थापाको घोषणा

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
कांग्रेसमा उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने गगन थापाको घोषणा
0
SHARES
1
VIEWS

काठमाडौं, ९ कात्तिक। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया आगामी पुस–माघभित्र सम्पन्न गर्ने बताएका छन्। निर्वाचनको मिति नजिकिएपछि हतारमा टिकट वितरण गर्ने पुरानो अभ्यास अन्त्य गर्दै तल्लो तहका कार्यकर्ताको मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने उनको भनाइ छ।

सोमबार स्याङ्जामा आयोजित कार्यक्रममा थापाले यसपटक उम्मेदवार छनोटको प्रक्रिया व्यवस्थित र समयमै पूरा गर्ने बताए। उनका अनुसार निर्वाचनको केही दिन वा घण्टाअघि टिकट बाँड्ने र खोस्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै प्रारम्भिक छनोटको काम पुस र माघभित्रै टुंग्याइनेछ।

थापाले उम्मेदवारको प्रारम्भिक सूची तयार गर्न डिजिटल मतदानको व्यवस्था गरिने जानकारी दिए। प्रारम्भिक सूची बनेपछि पार्टीका विभिन्न तहमा छलफल गरी अन्तिम उम्मेदवारको टुंगो लगाइने उनले बताए। निर्वाचनभन्दा दुईदेखि तीन महिनाअघि नै उम्मेदवार छनोट पूरा गर्ने पार्टीको योजना रहेको उनको भनाइ छ।

आन्तरिक प्रतिस्पर्धा सकियो, अब एकतामा जोड

कांग्रेस सभापति थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा समाप्त भइसकेकाले अब सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए। आन्तरिक प्रतिस्पर्धालाई विगतको विषयका रूपमा व्याख्या गर्दै उनले पार्टी संगठनलाई सुदृढ बनाउँदै जनतामाझ जानुपर्नेमा जोड दिए।

थापाका अनुसार कांग्रेसले मतदाताको मतभन्दा बढी उनीहरूको विश्वास गुमाएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ। जनताको विश्वास पुनःस्थापित गर्न सके मतदाताको समर्थन पनि प्राप्त हुने उनले बताए।

निर्वाचनमा मत सुरक्षित गर्ने रणनीतिभन्दा जनविश्वास फर्काउने कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। त्यसका लागि पार्टीका सदस्यले संगठनभित्र आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने र जनतामाझ पार्टीको छवि सुधार गर्न आवश्यक रहेको उनले उल्लेख गरे।

मंसिरमा जागरण अभियान, पुस–माघमा चुनावी तयारी

थापाले आगामी मंसिर महिनालाई पार्टीको जागरण अभियानका रूपमा अघि बढाउने योजना पनि सार्वजनिक गरे। यसका लागि केन्द्रीय कार्यसमितिको बैठकबाट कार्यक्रम तय गरी कार्यकर्तामाझ पुग्ने र पार्टीभित्रको आपसी सम्बन्धलाई थप मजबुत बनाउने उनले बताए।

उनका अनुसार मंसिरमा संगठन सुदृढीकरण र जनविश्वास पुनःस्थापनामा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ। त्यसपछि पुस र माघमा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटलगायतका गतिविधिलाई तीव्रता दिइनेछ।

Previous Post

सङ्घीय संसद्‍मा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता

Next Post

चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav