पक्राउ पर्नेमा भारतको बिहारस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफ रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार भन्सार छली तथा चोरी पैठारी गरी चाँदीका तयारी गरगहना ल्याइएको सूचनाका आधारमा सर्राफ बस्ने कोठामा छापा मारिएको थियो। सो क्रममा प्रहरीले ६८ किलो २४४ ग्राम चाँदी बरामद गरेको जनाएको छ।
पक्राउ परेका सर्राफलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।
