• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सहकारी पीडितलाई छिटो न्याय दिन जिल्ला अदालतमा समर्पित इजलास गठन गरिने

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
सहकारी पीडितलाई छिटो न्याय दिन जिल्ला अदालतमा समर्पित इजलास गठन गरिने
0
SHARES
0
VIEWS

काठमाडौँ । सहकारी ठगी तथा अन्य सहकारीसम्बन्धी कसुरका मुद्दालाई छिटो टुङ्ग्याउन जिल्ला अदालतहरूमा छुट्टै ‘समर्पित इजलास’ गठन गरिने भएको छ। सहकारी पीडितलाई शीघ्र न्याय उपलब्ध गराउने उद्देश्यले सर्वोच्च अदालतले यस्तो निर्णय गरेको हो।

मंगलबार गरिएको निर्णयअनुसार सहकारीसम्बन्धी १०० वटाभन्दा बढी मुद्दा विचाराधीन रहेका जिल्ला अदालतमा छुट्टै इजलास स्थापना गरिनेछ। त्यस्ता इजलासबाट मुद्दाको नियमित र द्रुत सुनुवाइ गर्ने व्यवस्था मिलाइने सर्वोच्च अदालतले जनाएको छ।

सहकारीसम्बन्धी मुद्दा १०० वटाभन्दा कम रहेका अन्य जिल्ला अदालतमा भने यस्ता मुद्दालाई छुट्टै समूहमा वर्गीकरण गरिनेछ। ती मुद्दामा आवश्यक कानुनी प्रक्रिया यथाशीघ्र पूरा गरी पेसीमा प्राथमिकता दिँदै छिटो सुनुवाइ गर्न निर्देशन दिइएको छ।

सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीशबाट यसअघि जारी निर्देशात्मक आदेश र मन्त्रालयस्तरीय कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो। निर्णय कार्यान्वयनका लागि मातहतका अदालतहरूमा पत्राचारसमेत गरिएको छ।

यसअघि सर्वोच्च अदालतले सहकारी पीडितलाई न्याय सुनिश्चित गर्न आवश्यकताअनुसार जिल्ला अदालतमा समर्पित इजलास गठन गर्ने विषयमा अध्ययन गरी कार्यान्वयन गर्न निर्देशन दिएको थियो।

उक्त आदेशपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गठित कार्यदलले अध्ययन गरी प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समर्पित इजलास गठन गर्दा सहकारी पीडितले छिटो, सहज र सुलभ रूपमा न्याय पाउन सक्ने निष्कर्ष प्रस्तुत गरिएको थियो।

सोही अध्ययन प्रतिवेदन र यसअघिको अदालती आदेशका आधारमा नयाँ व्यवस्था कार्यान्वयन गर्न लागिएको सर्वोच्च अदालत सचिवालयले जनाएको छ

Previous Post

कात्तिक १३ देखि प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप

Next Post

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति (तस्बिरहरु)

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav