• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कात्तिक १३ देखि प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
कात्तिक १३ देखि प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप
0
SHARES
0
VIEWS

चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने भएको छ। चितवन तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२६ कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुनेछ।

चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले चितवनमा पहिलोपटक यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको बताए। राप्ती नगरपालिकाको भण्डारामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगितामा नेपालका सातवटै प्रदेशसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायत देशका करिब ८०० खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले बताए।

च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। खेल रत्ननगर नगरपालिकास्थित सौराहाको रत्ननगर सभाहलमा सञ्चालन गरिनेछ।

चितवनमा तेक्वान्दो खेलको विकास गर्ने र नेपाली खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले च्याम्पियनसिप आयोजना गर्न लागिएको रोशन खानले बताए।

प्रतियोगितामा टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिता संयोजक प्रज्वल दवाडीका अनुसार ग्योरोगीतर्फ सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। पुम्से विधासहित प्रतियोगितामा कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ र चितवन जिल्ला तेक्वान्दो संघको सहयोग तथा समन्वयमा च्याम्पियनसिप आयोजना हुन लागेको हो।

अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने बताए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराएर उनीहरूको क्षमता अभिवृद्धि गर्ने र अनुभव आदानप्रदानको अवसर उपलब्ध गराउने लक्ष्य आयोजकले राखेको छ। खेलकुदमार्फत सौराहाको पर्यटन प्रवर्द्धन गर्ने र यस क्षेत्रलाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्दै चितवनको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यसमेत रहेको आयोजकले जनाएको छ।

Hashtags:

 

Previous Post

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

Next Post

सहकारी पीडितलाई छिटो न्याय दिन जिल्ला अदालतमा समर्पित इजलास गठन गरिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav