काठमाडौं, १२ कात्तिक । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९८० रुपैयाँ थियो।
