• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

जब शान्त बग्ने भोटेकोशी एक्कासि भयानक गर्जनसहित बस्तीतिर सोझियो… (तस्बिरहरु)

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भाद्र २०८३, मंगलवार
A A
जब शान्त बग्ने भोटेकोशी एक्कासि भयानक गर्जनसहित बस्तीतिर सोझियो… (तस्बिरहरु)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भीरको मुखमा अड्किएका घरहरू र आँशुमा डुबेका स्थानीय बासिन्दा । भदौ १० गते उर्लिएको भोटेकोशी बाढीले रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याँफ्रुबेंसीलाई क्षतविक्षत बनाएको छ । स्याँफ्रुबेंसीमा भोटेकोशीको अभूतपूर्व कटान छ । नदीको तिब्र धारले दायाँबायाँका पहाडी स्लोपको जग नै उधिनेपछि हरियाली खेतबारी, पक्की घर र पासाङ ल्हामु राजमार्ग भग्नावशेषमा परिणत भएका छन् ।
भदौ १० गते स्याँफ्रुबेंसीका बासिन्दाका लागि केवल एउटा सामान्य थिएन । त्यो थियो जीवनभरको पसिना, सपना र थातथलो क्षणभरमै बालुवा र बगरमा विलीन भएको कालो प्रहर । मुसलधारे वर्षासँगै हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोशी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेन, वर्षौंदेखि जोडेको मानव बस्तीको भूगोल नै नामेट पारिदियो ।

माथिबाट खसेका विशाल चट्टान, लेदो, ग्रेगर र रुखका ठुटासहित आएको बाढीले नदी किनारका खेतबारी, होटेल, पक्की तथा कच्ची घरहरू र बाटोघाटोलाई एकै गाँसमा निलेको छ । अहिले स्याँफ्रुबेंसी बजार खैरो लेदो, ढुङ्गा र बालुवाको अनकन्टार मरुभूमिमा परिणत भएको छ । स्याँफ्रुबेंसी बजारको तल्लो भूभाग पूर्णतया बगरमा रूपान्तरण भएको छ भने नदीको सतह सामान्यभन्दा धेरै माथिसम्म उक्लिएर दायाँबायाँको भीर कटान गरेको देखिन्छ । त्यहाँको दृश्य मुटु नै काम्ने खालको छ ।

भोटेकोशीको दुवै किनारामा रहेका विशाल पहाडी भित्ताहरू नदीको तिब्र कटानका कारण ठाडो खोंचमा परिणत भएका छन् । नदीले दायाँबायाँको जमिनको जग नै उधिनेपछि पासाङ ल्हामु राजमार्गको धुञ्चे–स्याँफ्रुबेंसी खण्ड दर्जनौँ स्थानमा पूरै बगेको छ । सडकमा ठुलाठुला ढुङ्गा, लेदो र भलपानी जमेको छ । पहाडबाट खसेको पहिरोले पैदल हिँड्ने गोरेटो बाटोसमेत बाँकी राखेको छैन ।

नदी किनारमा बाढी नियन्त्रणका लागि बनाइएका ग्याबियन जाली (तारजाली) र कङ्क्रिट पर्खालहरू परालको त्यान्द्रोजस्तै छरपस्ट भएका छन् । यसले गर्दा उत्तरी सीमा रसुवागढी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । घरको छतमा बौद्ध धर्जो (लुङदार) फरफराइरहेका ती हिमाली घरहरू हुन्, जसको ठीक मुन्तिर सयौँ मिटर गहिरो भोटेकोशीको उर्लंदो कटान चलिरहेको छ । रातो जस्तापाता र पक्की ढलान गरिएका ती सुन्दर घरहरू अहिले कुनैपनि क्षण नदीमा खस्ने अवस्थामा छन् । घरका भित्ताहरूमा चिरा परेका छन्, आँगन भासिएको छ र तलबाट भोटेकोशीले निरन्तर माटो र चट्टान खोस्रिरहेको छ । गाउँलेहरू आफ्ना घरका सरसामान, अन्नपात र गाईवस्तु छोडेर सुरक्षित स्थानतर्फ सरिरहेका छन् । स्थानीय महिला र वृद्धवृद्धाहरू आफ्नो जिन्दगीभरको पसिनाले बनेको बासस्थान भत्किँदै गरेको देखेर भक्कानिएर रोइरहेका छन् । बाढीले सडक मात्र बगाएको छैन, स्याँफ्रुबेंसी र आसपासका बस्तीमा विद्युत आपूर्ति गर्ने पोलहरू, खानेपानीका पाइपलाइन र अप्टिकल फाइबर नेटवर्कसमेत तहसनहस पारेको छ । नजिकका गाउँहरू अन्धकारमा डुबेका छन् । लाङटाङ पदमार्गको प्रमुख प्रवेशद्वार मानिने स्याँफ्रुबेंसीको पर्यटन व्यवसाय र होटेल उद्योग बाढीको चपेटामा पर्दा स्थानीय अर्थतन्त्र वर्षौँ पछाडि धकेलिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्ताहरू आफ्नो ज्यान जोखिममा राखेर भीरपहरा र भोटेकोशीको डिलमा उभिएर क्षतिको आकलन र उद्धार कार्यमा खटिएका छन् । भदौ १० गतेको भोटेकोशी बाढी केवल एउटा प्राकृतिक प्रकोप मात्र होइन, यो रसुवाको आर्थिक, पर्यटकीय र सीमा सुरक्षाको मेरुदण्डमाथिको ठूलो प्रहार हो । विपत्तिमा परेका नागरिकलाई केवल सान्त्वना होइन, तत्काल सुरक्षित आवास, खाद्यान्न, औषधी र दीर्घकालीन इन्जिनियरिङ तटबन्धको खाँचो छ । राज्य, निजी क्षेत्र र सम्पूर्ण नागरिक समाजले यस विपत्तिमा स्याँफ्रुबेंसी, टिमुरेको हात समात्न ढिलाइ गर्नु हुँदैन ।

Previous Post

भोटेकोशी बाढीपीडितका लागि राहत बोकेका सवारी घिचेतमै रोकिए

Next Post

भोटेकोशी बाढीमा मृत्यु भएर पोखरामा लगिएका १०२ मध्ये १६ जनाको मात्रै सनाखत

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In