• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल

रिजन खड्का by रिजन खड्का
१२ कार्तिक, २०८३
A A
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
0
SHARES
0
VIEWS
काठमाडौँ, १२ कात्तिक । म्याड्रिडनजिकै भएको रेल दुर्घटनामा ६४ जनाभन्दा बढीको मृत्यु भएपछि स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे अन्तर्गत बुधबारका लागि निर्धारित सबै २४ खेल स्थगित गरिएका छन्।

टोलेडोमा रेलहरू आपसमा ठोक्किँदा र लिकबाट बाहिरिँदा दुर्घटना भएको थियो। दुर्घटनाका बेला रेलमा ५०० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ। स्पेनिस फुटबल महासंघले दुर्घटनाका पीडितप्रति ऐक्यबद्धता जनाउँदै खेल स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

बुधबार हुने पहिलो चरणका खेलमा लेभान्ते, अलाभेस, भ्यालेन्सिया, सेल्टा भिगो र रियल बेटिससहित पाँच शीर्ष श्रेणीका टोली सहभागी हुने तालिका थियो। तर, रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिको म्याड्रिडजस्ता ठूला क्लबले भने अन्तिम ३२ को चरणबाट प्रतियोगितामा सहभागिता जनाउनेछन्।

दुर्घटनापछि बार्सिलोनाले सामाजिक सञ्जालमार्फत पीडितप्रति गहिरो समवेदना व्यक्त गरेको छ। क्लबले लोस येबेनेस र उर्डा (टोलेडो) बीच भएको गम्भीर रेल दुर्घटनाबाट प्रभावित परिवार तथा आफन्तप्रति ऐक्यबद्धता जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

त्यस्तै, रियल म्याड्रिडले पनि आफ्नो आधिकारिक वेबसाइटमार्फत दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। क्लबले ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै घाइते तथा प्रभावित व्यक्तिहरूप्रति सहानुभूति जनाएको छ। साथै, उद्धार कार्यमा खटिएका आपत्कालीन सेवाका टोलीलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बिहीबारका लागि निर्धारित खेलहरू भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने जनाइएको छ। बुधबार स्थगित भएका खेलहरूको नयाँ तालिका भने स्पेनिस फुटबल महासंघले सार्वजनिक गरेको छैन।

 

Previous Post

माग पूरा नभए आन्दोलनमा उत्रिने अस्थायी शिक्षक तथा कर्मचारी युनियनको चेतावनी

Next Post

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav