• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मोरङमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो ८ राउन्ड गोली, दुई जना घाइते

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
मोरङमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो ८ राउन्ड गोली, दुई जना घाइते
0
SHARES
0
VIEWS

१३ असोज, विराटनगर । मोरङको रतुवामाई नगरपालिका क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको छ। नेपाल–भारत सीमा नजिकै भएको उक्त घटनामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक, कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर रहेका छन्।

मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गोली लागेर घाइते भएका दुवै भारतीय नागरिकको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उनीहरूको घुँडामुनिको भागमा गोली लागेको प्रहरीले जनाएको छ।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली परिचालन भएको थियो। सोही क्रममा राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६, शनिश्चरेमा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्ने प्रयास गरेको थियो।

तर, प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको डीएसपी मिश्रले जानकारी दिए। उनका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी जम्मा आठ राउन्ड गोली प्रहार गरेको थियो।

घटनास्थलबाट प्रहरीले एक थान घरेलु पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली, करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।

Previous Post

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

Next Post

चीनमा सी चिनफिङको भ्रष्टाचारविरोधी अभियान तीव्र, एकै बैठकमा ३३ पार्टी सदस्य निष्कासित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav