• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

अफगानिस्तानमा अमेरिकी सैन्य हस्तक्षेपका दुई दशकको कथा समेटिएको पुस्तक सार्वजनिक

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भाद्र २०८३, मंगलवार
A A
अफगानिस्तानमा अमेरिकी सैन्य हस्तक्षेपका दुई दशकको कथा समेटिएको पुस्तक सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काबुल । अफगानिस्तानमा दुई दशकसम्म चलेको अमेरिकी नेतृत्वको सैन्य उपस्थिति र त्यसबाट परेको प्रभावलाई समेटेर लेखिएको पुस्तक ‘मेमोरिज अफ जिहादः ट्वान्टी इयर्स इन अकुपेसन’ को अंग्रेजी संस्करण सार्वजनिक गरिएको छ ।

अफगानिस्तानको सूचना तथा संस्कृति मन्त्रालयका प्रकाशन उपमन्त्री मुहाजेर फराहीद्वारा लिखित पुस्तकमा सन् २००१ देखि २०२१ सम्मको युद्धकालका विभिन्न घटनाक्रमलाई समेटिएको छ ।

विशेषगरी, सन् २००९ मा अफगानिस्तानको फराह प्रान्तमा भएको अमेरिकी बमबारीका क्रममा मारिएकी आमाको दूध चुस्न खोजिरहेको एक निर्दोष शिशुको मार्मिक दृश्यबाट पुस्तकको कथा सुरु गरिएको छ ।

अफगानिस्तानबाट अन्तिम अमेरिकी सैनिक बाहिरिएको तीन वर्ष पूरा हुन लागेका बेला पुस्तकको अंग्रेजी संस्करण सार्वजनिक गरिएको हो । सन् २०२१ अगस्ट ३१ मा अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रूपमा बाहिरिएको थियो ।

लेखक फराहीले अमेरिकी सैन्य उपस्थितिका क्रममा अफगान नागरिकले भोगेका वास्तविक अनुभव तथा अफगान समाजमा परेको दीर्घकालीन प्रभावलाई अभिलेखीकरण गर्ने उद्देश्यले पुस्तक लेखिएको बताएका छन् ।

पुस्तक सार्वजनिक गर्दै उपमन्त्री फराहीले सन् २००१ देखि २०२१ सम्मको दुई दशकमा अमेरिकी सेनाबाट व्यापक हिंसा र अत्याचारका घटना भएको दाबी गरे ।

उनले भने, ‘सन् २००१ देखि २०२१ सम्मको २० वर्षमा अमेरिकी सेनाबाट व्यापक हिंसा र अत्याचारका घटनाहरू भए । गाउँबस्ती, विवाह समारोह, अन्त्येष्टि र शैक्षिक संस्थाहरूमा बमबारी गरियो । यसले गर्दा ग्रामीण भेगमा ठूलो विनाश निम्तिएको छ । लाखौँ देशवासीले ज्यान गुमाएका छन् भने हजारौँले कारागार र यातना भोग्नुपरेको छ ।’

पुस्तकमा दुई दशक लामो सैन्य हस्तक्षेपका कारण अफगानिस्तानले भोग्नुपरेको नागरिक हताहती, विस्थापन, भौतिक विनाश र मानसिक आघातका विषयलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।

सन् २०२१ अगस्टमा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानले सामना गरिरहेको आर्थिक संकटको विषयलाई समेत पुस्तकले समेटेको छ । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको करिब ७ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का गरेको उल्लेख गर्दै पुस्तकमा अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा वैदेशिक सहयोगमा आएको गिरावटले अफगान अर्थतन्त्रमा गम्भीर असर परेको विषय प्रस्तुत गरिएको छ ।

अफगानिस्तानमा अमेरिकी सैन्य हस्तक्षेपको दुई दशकलाई नागरिकको दृष्टिकोणबाट अभिलेखीकरण गर्ने प्रयासका रूपमा पुस्तकलाई हेरिएको छ ।

Previous Post

भोलिदेखि संसद बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रश्ताव पारित गरिने

Next Post

संसदमा एक हप्ता विपद्बारे मात्रै छलफल हुने, दलका नेताहरुले सम्बोधन गर्ने

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In