• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

स्कुलमा सारासँग डराउँथिन् अनन्या पाण्डे, अहिले भने छन् मिल्ने साथी

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
स्कुलमा सारासँग डराउँथिन् अनन्या पाण्डे, अहिले भने छन् मिल्ने साथी
0
SHARES
0
VIEWS

बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो समय फिल्म र व्यक्तिगत जीवन दुवैका कारण चर्चामा छिन्। अभिनेता चंकी पाण्डेकी छोरी अनन्या बलिउडको नयाँ पुस्ताकी चर्चित अभिनेत्रीमध्ये एक हुन्। उनकी आमा भावना पाण्डे कस्ट्युम डिजाइनर हुन्।

अनन्यालाई सानैदेखि फिल्मप्रति आकर्षण थियो। बुबाको अभिनय यात्राबाट प्रभावित उनी पनि अभिनेत्री बन्न चाहन्थिन्। उनले मुम्बईस्थित धीरुभाई अम्बानी इन्टरनेसनल स्कुलबाट विद्यालय तहको शिक्षा पूरा गरेकी हुन्। त्यसपछि अभिनय क्षेत्रमा करिअर बनाउन उनले आफ्नो पढाइलाई केही समयका लागि रोकेकी थिइन्।

स्कुलमा सारालाई देख्दा बाटो बदल्थिन् अनन्या

अनन्या पाण्डे र सारा अली खान अहिले निकै मिल्ने साथी हुन्। तर, विद्यालय जीवनमा भने उनीहरूबीच त्यस्तो निकटता थिएन।

एक अन्तर्वार्तामा अनन्याले स्कुल पढ्दाको एउटा रोचक अनुभव सुनाउँदै आफू सारासँग डराउने गरेको खुलासा गरेकी थिइन्। साराको स्पष्टवक्ता र निडर स्वभावका कारण आफू असहज महसुस गर्ने गरेको उनको भनाइ थियो।

अनन्याका अनुसार सारा मनमा लागेको कुरा खुलेर बोल्थिन्। यही स्वभावका कारण स्कुलमा सारा देख्नेबित्तिकै उनी जम्काभेट हुनबाट बच्न बाटो नै परिवर्तन गर्थिन्।

तर, समयसँगै उनीहरूको सम्बन्धमा सुधार आयो। अहिले दुवैबीच राम्रो मित्रता छ। उनीहरू सँगै जिम जाने र लन्च गर्ने गर्छन्। अनन्याका अनुसार सारा अहिले पहिलेभन्दा निकै मिलनसार भएकी छन्।

शनाया र सुहानासँग बाल्यकालदेखिको मित्रता

अनन्याको मित्रता सारा अली खानसँग मात्रै सीमित छैन। अभिनेत्री शनाया कपुर र सुहाना खान पनि उनका बाल्यकालदेखिका नजिकका साथी हुन्।

यी तीनै जनाले बाल्यकालदेखि नै एकअर्कासँग समय बिताउँदै आएका छन्। उनीहरू सामाजिक सञ्जालमा समेत पुराना तस्बिर साझा गर्दै आफ्नो मित्रताको झलक देखाउने गर्छन्।

लाइभ अन्तर्वार्तामा सार्वजनिक गरिन् सुहानाको फोन नम्बर

अनन्या पाण्डेसँग जोडिएको एउटा घटना सन् २०२४ मा निकै चर्चामा आएको थियो। फिल्म ‘सीटीआरएल’ को प्रचारका क्रममा आयोजित लाइभ अन्तर्वार्तामा उनले अनायासै आफ्नी साथी सुहाना खानको फोन नम्बर सार्वजनिक गरेकी थिइन्।

उक्त घटनापछि सामाजिक सञ्जालमा अनन्याको निकै चर्चा भएको थियो।

सात वर्षमा ११ फिल्म, दुईवटाले मात्रै पाए सफलता

अनन्या पाण्डेले आफ्नो अभिनय करिअरमा ११ फिल्ममा काम गरिसकेको विवरण सार्वजनिक भएको छ। तीमध्ये सात फिल्म हलमा प्रदर्शन भएका थिए भने चार फिल्म ओटीटी प्लेटफर्ममार्फत सार्वजनिक भएका थिए।

हलमा रिलिज भएका फिल्ममध्ये ‘पति पत्नी और वो’ र ‘ड्रीम गर्ल’ ले मात्रै राम्रो व्यावसायिक सफलता हासिल गरेका थिए। अन्य फिल्मले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। ओटीटीमा सार्वजनिक भएका फिल्मले पनि उल्लेखनीय प्रशंसा पाउन सकेनन्।

यी व्यक्तिसँग जोडियो अनन्याको नाम

फिल्मी करिअरसँगै अनन्या आफ्नो प्रेमसम्बन्धको चर्चाका कारण पनि सञ्चारमाध्यममा छाइरहन्छिन्। विभिन्न समयमा उनको नाम अभिनेता तथा अन्य व्यक्तिहरूसँग जोडिए पनि उनले कुनै पनि सम्बन्धलाई सार्वजनिक रूपमा पुष्टि गरेकी छैनन्।

– करण जयसिंह: सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार सन् २०१८ मा अनन्याको नाम फिटनेस विशेषज्ञ करण जयसिंहसँग जोडिएको थियो। त्यतिबेला उनीहरू प्रेमसम्बन्धमा रहेको चर्चा चलेको थियो।

– कार्तिक आर्यन: सन् २०१९ मा अभिनेता कार्तिक आर्यनसँग अनन्याको निकटताबारे चर्चा सुरु भएको थियो। फिल्म ‘पति पत्नी और वो’ मा सँगै काम गरेपछि उनीहरूको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए। यद्यपि, यो चर्चा धेरै समय टिकेन।

– ईशान खट्टर: अभिनेता ईशान खट्टरसँगको सम्बन्धले पनि अनन्यालाई लामो समय चर्चामा राख्यो। सञ्चारमाध्यमका रिपोर्टअनुसार सन् २०१९ देखि २०२२ सम्म उनीहरूको नाम एकअर्कासँग जोडिएको थियो। फिल्म ‘खाली पिली’ मा सँगै काम गरेपछि उनीहरूको निकटताबारे थप चर्चा भएको थियो। अनन्याको नामसँग जोडिएका सम्बन्धमध्ये ईशानसँगको सम्बन्ध सबैभन्दा लामो समय चर्चामा रहेको थियो।

Previous Post

कालीमाटी बजारमा मटरकोसा र घिउसिमी महँगिए, अकबरे खुर्सानीको मूल्य ५० रुपैयाँले घट्यो

Next Post

इनम प्रकरण’बारे आन्तरिक छानबिन गर्न न्यायाधीशहरूको माग, सोमबार पुनः फुलकोर्ट बस्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav