• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव
0
SHARES
0
VIEWS

प्राकृतिक विपद्का कारण विस्थापित भएका प्रहरी चौकीहरूको पुनःस्थापना कार्यलाई तीव्रता दिइएको छ।

रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न तथा विपद्मा बेपत्ता नागरिकहरूको खोजी कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको हो।

संसद्को भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरूले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन्।

बैठकमा बोल्दै नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको दैनिक सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउन स्थानीयस्तरमै प्रहरीको स्थायी उपस्थिति अपरिहार्य रहेको बताए।

विपद्का कारण यसअघि सञ्चालन हुन नसकी खाली गरिएको रसुवाको हाकुस्थित प्रहरी चौकी पुनःस्थापना भइसकेको छ। यस्तै, स्याफ्रुबेसीमा प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा युनिट पुनर्गठन गरिएको छ भने बेत्रावती र तिमुरेलगायत संवेदनशील क्षेत्रमा पनि प्रहरीको उपस्थिति बलियो बनाइएको छ।

यद्यपि, क्षतिग्रस्त प्रहरी चौकीहरूको स्थायी संरचना निर्माणका लागि उपयुक्त जग्गा पहिचान गर्न अझै चुनौती रहेको उनले बताए।

उनले भने, ‘प्रभावित क्षेत्रमा प्रहरी चौकीहरूको पुनःस्थापना कार्य अघि बढाइएको छ। बेत्रावती, स्याफ्रुबेसी, तिमुरे र हाकु क्षेत्रमा प्रहरी उपस्थिति पुनःस्थापित गरिएको छ। स्याफ्रुमा प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालित छ। प्रहरीको मुख्य जिम्मेवारी सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्नु र बेपत्ता व्यक्तिहरूको शव खोजी कार्यलाई निरन्तरता दिनु हो। स्थानीय जनगुनासोका आधारमा पनि खोजी कार्य गर्नुपर्ने भएकाले प्रहरीको स्थानीय उपस्थिति आवश्यक छ। हाल उपलब्ध परम्परागत विधिबाट खोजी कार्य जारी छ। जमिनमुनि शव पहिचान गर्न सक्ने प्रविधि प्रयोगमा ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ। आगामी दिनमा प्रहरी चौकीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानीय सुरक्षा र नागरिकका दैनिक सेवाहरूलाई प्रभावकारी बनाउने योजना रहेको छ।’

विपद्मा परी पुरिएका वा बेपत्ता भएका व्यक्तिहरूको खोजतलास नियमित रूपमा जारी राखिएको उनले जानकारी दिए। जमिनमुनि करिब डेढ मिटरसम्म रहेका शव पहिचान गर्न सक्ने आधुनिक उपकरणको अभाव हुँदा उद्धार टोलीले परम्परागत उपायमा भर पर्नुपरेको छ।

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकहरूको खोजी कार्य थप चुनौतीपूर्ण र समय लाग्ने खालको बनेको अधिकारीहरूको भनाइ छ।

नागरिकलाई दैनिक शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न स्थानीय तहमै प्रहरी चौकीहरू व्यवस्थित गर्नुपर्ने भएकाले जग्गा प्राप्ति तथा पूर्वाधार निर्माणको काम छिटो टुंग्याउन पहल भइरहेको प्रहरीले जनाएको छ।

 

Previous Post

भ्रष्टाचार मुद्दाको पेसी सार्न माधव नेपालको निवेदन स्वीकृत, अर्को सुनुवाइमा अन्तिम आदेशको सम्भावना

Next Post

लिङ्देनमाथि कमल थापाको प्रश्न : हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर प्रचण्ड नेतृत्वको सरकारमा कसरी जाने ?

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav