• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गोरखाको विकास र नागरिकका समस्या समाधानमा पहल गर्छु : गृहमन्त्री गुरुङ

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
गोरखाको विकास र नागरिकका समस्या समाधानमा पहल गर्छु : गृहमन्त्री गुरुङ
0
SHARES
0
VIEWS

काठमाडौं, १५ कात्तिक । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लाका नागरिकले भोग्दै आएका समस्या समाधान र जिल्लाको विकासका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीका धारणा, गुनासा र सुझाव सुनेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

गुरुङले आफू सरकारमा आएको छ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र स्थानीय नागरिकका आवश्यकता सम्बोधन गर्न आवश्यक पहल गर्ने बताए। गोरखाकै योगदानका कारण आफूले गृहमन्त्रीको जिम्मेवारी पाएको स्मरण गर्दै उनले जिल्लावासीका अपेक्षालाई प्राथमिकतामा राख्ने धारणा राखे।

कार्यक्रममा सहभागीहरूले जिल्लाको पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग व्यवसाय सञ्चालनमा देखिएका समस्याबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले पर्याप्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि गोरखाले अपेक्षित विकासको गति लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। जिल्लाको समग्र आर्थिक तथा सामाजिक विकासका लागि सडक, यातायातलगायत आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग थियो।

त्यसैगरी, कृषि उत्पादनले बजार र उचित मूल्य नपाउँदा किसानहरू प्रभावित भइरहेको विषय पनि छलफलमा उठाइएको थियो। स्थानीय किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपजलाई बजारमा प्राथमिकता दिन र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले प्रभावकारी नीति ल्याउनुपर्ने सहभागीहरूको सुझाव थियो।

उद्योगी तथा व्यवसायीहरूले पनि जिल्लामा लगानी र व्यवसाय सञ्चालन गर्दा भोग्नुपरेका कठिनाइबारे जानकारी गराउँदै व्यावसायिक वातावरण सहज बनाउन आग्रह गरेका थिए।

गोरखामा रहेका प्राकृतिक स्रोतसाधन र आर्थिक सम्भावनाको उपयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न तथा आर्थिक गतिविधि विस्तार गर्न सरकारको सहयोग आवश्यक रहेको उनीहरूले औँल्याएका थिए।

Previous Post

चिसोमा बढ्न सक्छ रुघाखोकी र जोर्नीको दुखाइ, अपनाउनुहोस् यी सतर्कता

Next Post

नेपाल र भारतका जेनजी आन्दोलन एउटै शक्तिबाट परिचालित भएको भाजपाध्यक्षको दाबी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav