• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा
0
SHARES
1
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले बिचौलिया प्रकरणमा संलग्न सबै व्यक्तिको पहिचान गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् । उनले अनुसन्धानमा सरकारलाई नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन रहने स्पष्ट पारेका छन् ।

तर अनुसन्धानको निष्पक्षतामाथि भने उनले आशंका व्यक्त गरेका छन् । अनुसन्धान भइरहेको भनिए पनि अनुसन्धान गर्ने निकायभित्रैका व्यक्तिहरूको संलग्नतासम्बन्धी विवरण सार्वजनिक हुन थालेको भन्दै उनले अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

थापाले अनुसन्धानका क्रममा सार्वजनिक भएका विवरणका आधारमा मात्रै कसैलाई दोषी करार गर्न नमिल्ने बताउँदै प्रमाणका आधारमा सबै पक्षको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । यसअघि गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदनसमेत सार्वजनिक नभएको उल्लेख गर्दै समितिका प्रतिवेदन आवश्यकताअनुसार प्रयोग गर्ने र नचाहिएका प्रतिवेदन थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनले बताएका छन् ।

थापाले अनुसन्धान प्रक्रियाको निगरानी गर्न सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसले संसद् र संसदीय समितिमार्फत पनि यस विषयलाई प्रभावकारी रूपमा उठाउने उनको भनाइ छ ।

सभापति थापाले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र निर्भीकतामाथि पनि गम्भीर प्रश्न उठिरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालयको हवाला दिँदै अदालतमा विचाराधीन मुद्दाबारे कार्यपालिकाको चाहना व्यक्त गरिएको भन्ने विवरण सार्वजनिक हुनु र न्यायालयसँग जोडिएका आर्थिक लेनदेनका विषय बाहिर आउनुले न्यायपालिकाको स्वतन्त्रतामाथि आशंका पैदा गरेको उनले बताएका छन् ।

सभापति थापाले बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष तथा प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने बताएका छन् । दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिँदै उनले यस विषयमा सरकारलाई कांग्रेसको पूर्ण साथ र समर्थन रहेको बताएका छन् ।

तर अनुसन्धान निष्पक्ष हुन्छ कि हुँदैन भन्नेमा गम्भीर प्रश्न र आशंका रहेको उनको भनाइ छ । सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विवरणले अनुसन्धान चयनात्मक ढङ्गले अघि बढेको हो कि भन्ने आशंका पैदा गरेको उनले बताएका छन् । अनुसन्धान गर्ने निकायभित्रैका व्यक्तिहरूको संलग्नताका विषयसमेत बाहिर आइरहेकाले समग्र अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने उनले बताएका छन् ।

विगतमा गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदनसमेत सार्वजनिक नभएको उल्लेख गर्दै उनले गृहमन्त्रीको सम्पत्ति, भदौ २३ र २४ गतेका घटना तथा सुनसरीको कप्तानगञ्जलगायतका विषयमा बनेका समितिका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका छन् । आवश्यकताअनुसार प्रतिवेदन प्रयोग गर्ने र नचाहिएका प्रतिवेदन थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको माग छ ।

न्यायपालिका पनि स्वतन्त्र, निष्पक्ष र निर्भीक हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयको हवाला दिँदै अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास भएको भन्ने विवरण तथा आर्थिक लेनदेनका विषयले गम्भीर प्रश्न उठाएको उनले बताएका छन् ।

यी सबै विषयको निष्पक्ष छानबिन हुनुपर्ने र कांग्रेसले संसद्, संसदीय समिति तथा सार्वजनिक बहसका माध्यमबाट निरन्तर आवाज उठाउने उनले बताएका छन् । अनुसन्धान प्रक्रियाको निगरानी गर्न सञ्चारमाध्यम र नागरिकलाई पनि उनले आग्रह गरेका छन् ।

न्यायपालिका स्वतन्त्र, निष्पक्ष र निर्भीक भए मात्रै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै थापाले न्यायालयभित्रका विकृति तथा गलत कार्यमा संलग्न व्यक्तिमाथि कारबाही हुनुपर्ने बताएका छन् । न्यायपालिकाको व्यापक सुधारका लागि नेपाली कांग्रेस सबै राजनीतिक दलसँग संवाद र छलफल गर्न तयार रहेको पनि उनले स्पष्ट पारेका छन् ।

तर अहिले सार्वजनिक भएका विषयलाई राजनीतिक स्वार्थ र पूर्वाग्रहका आधारमा हतियार बनाउन नहुने उनको चेतावनी छ । न्यायपालिकाप्रति जनताको आस्था कायम राख्दै न्यायमूर्तिहरूले निर्भीक भएर काम गर्न सक्ने वातावरण सुनिश्चित गर्न पनि थापाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

Previous Post

मध्यपूर्वका नेपालीले उठाएका मुद्दा राष्ट्रिय नीतिमा समेटिए : आरके शर्मा

Next Post

छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको भन्दै गगन थापाद्वारा सरकारको नियतमाथि प्रश्न

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav