काठमाडौं, १६ कात्तिक । सरकारले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत कात्तिक महिनाको पहिलो १५ दिनका विजेताको नाम सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा क्रिकेट खेलाडीहरूले चिट्ठा तानेर विजेता छनोट गरेका हुन्।
यस योजनाअन्तर्गत जम्मा ४५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको पुरस्कार जितेका छन्।
सरकारले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने तथा कर प्रणालीमा सहभागिता बढाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
