कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन जोड्यो।
कर्णालीका लागि आरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४४ रन बनाए। उनले २२ बलको सामना गर्दा तीन छक्का र पाँच चौका प्रहार गरे।
त्यस्तै, हुसेन तलतले ३० बलमा दुई छक्का र एक चौकाको मद्दतले ४० रन जोडे। पवन सर्राफले २४ बलमा दुई छक्का प्रहार गर्दै अविजित २७ रन बनाए भने गुलशन झाले १२ बलमा दुई छक्कासहित २० रनको योगदान दिए।
कर्णालीले दिएको १८१ रनको लक्ष्य पछ्याउँदै काठमाण्डु गोर्खाजले अब जवाफी ब्याटिङ गर्नेछ।
