• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘५० प्रभावशाली महिला २०८३’ को मनोनयन खुला, अनलाइनखबरले मार्च ८ मा सूची सार्वजनिक गर्ने

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
‘५० प्रभावशाली महिला २०८३’ को मनोनयन खुला, अनलाइनखबरले मार्च ८ मा सूची सार्वजनिक गर्ने
0
SHARES
0
VIEWS

काठमाडौं, १६ कात्तिक । अनलाइनखबरले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर यस वर्ष पनि ‘५० प्रभावशाली महिला २०८३’ को सूची सार्वजनिक गर्ने भएको छ। यसका लागि सोमबारदेखि मनोनयन प्रक्रिया खुला गरिएको छ।
नेपाली राजनीति, समाज, संस्कृति, खेलकुद, ज्ञान–विज्ञानलगायत विभिन्न क्षेत्रमा महिलाले पुर्‍याएको योगदान र प्रभावलाई पहिचान गर्दै सार्वजनिक रूपमा सम्मान गर्ने उद्देश्यले यो अभियान सञ्चालन हुँदै आएको अनलाइनखबरले जनाएको छ।

अनलाइनखबरका प्रधानसम्पादक वसन्त बस्नेतका अनुसार नेपाली समाजमा आफ्नो क्षमता, साहस र मेहनतबाट परिवर्तनको नेतृत्व गरिरहेका महिलालाई पहिचान गरी सम्मान गर्ने उद्देश्यले २०८० सालदेखि यो अभियान सुरु गरिएको हो।

उनले महिलाको अधिकारसँगै उनीहरूको शक्ति, क्षमता र उपलब्धिलाई पनि समाजसामु प्रस्तुत गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताए।

बस्नेतले यो पहल महिलाको संघर्ष, सशक्तीकरण, निरन्तरको मेहनत र प्रतिभालाई सम्मान गर्ने अवसरसमेत भएको उल्लेख गरे। उनका अनुसार महिला सशक्तीकरण र उपलब्धिको उत्सव मनाउनु समग्र समाजको साझा जिम्मेवारी हो।

मनोनयनका लागि आफ्नो क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेका, स्थापित मान्यतालाई चुनौती दिएका, प्रतिकूल परिस्थितिमा पनि परिवर्तनको अगुवाइ गरेका तथा समाजमा सकारात्मक र अर्थपूर्ण प्रभाव पारेका महिलालाई प्रस्ताव गर्न सकिनेछ।

अनलाइनखबरले यसअघि २०८०, २०८१ र २०८२ सालको अन्तर्राष्ट्रिय महिला दिवसमा पनि ‘५० प्रभावशाली महिला’ को सूची सार्वजनिक गरिसकेको छ।

यस वर्ष प्राप्त हुने मनोनयनसँगै अनलाइनखबरको समाचार कक्ष, विभिन्न सरोकारवाला व्यक्ति तथा अन्य स्रोतबाट सङ्कलित जानकारीका आधारमा प्रारम्भिक सूची तयार गरिने प्रधानसम्पादक बस्नेतले जानकारी दिए।

तयार पारिएको प्रारम्भिक सूची निर्णायक समितिसमक्ष प्रस्तुत गरिनेछ। समितिको छनोट तथा सिफारिसका आधारमा अन्तिम ५० जनाको नाम तय गरी आगामी मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसका दिन सार्वजनिक गरिनेछ।

मनोनयन दर्ता गर्ने अन्तिम मिति २०८३ साल मंसिर २० गते साँझसम्म तोकिएको छ।

Previous Post

चाडपर्वमा बजार अनुगमन कडा बनाउने सरकारको निर्णय, कालोबजारी नियन्त्रणमा जोड

Next Post

नेप्सेमा ३२ अंकको गिरावट, ७ अर्बभन्दा बढीको सेयर कारोबार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav