सोमबार अपराह्न महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसको टोली आवश्यक कागजातसहित निर्वाचन आयोग पुगेको हो।
गत असोजमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो।
महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि पार्टीको नयाँ कार्यसमिति तथा अन्य आवश्यक विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउन कांग्रेसले प्रक्रिया अघि बढाएको हो।
