• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बारामा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा छिमेकी घाइते, एकजना पक्राउ

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
बारामा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा छिमेकी घाइते, एकजना पक्राउ
0
SHARES
0
VIEWS

रौतहट, १७ कात्तिक । बाँदर धपाउने प्रयास गर्दा भरुवा बन्दुकबाट निस्किएको छर्राले लागेर बारामा एक स्थानीय व्यक्ति घाइते भएका छन्। घटनापछि प्रहरीले बन्दुक पड्काउने व्यक्तिलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा सोमबार साँझ भएको घटनामा सोही ठाउँका ३० वर्षीय गोविन्द ठाडा मगर पक्राउ परेका हुन्।

प्रहरीका अनुसार मगरले सोमबार साँझ करिब ६ः३५ बजे घर आसपासमा आएको बाँदर धपाउने उद्देश्यले भरुवा बन्दुक पड्काएका थिए। बन्दुक पड्काउने क्रममा निस्किएको छर्रा लागेर स्थानीय ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका थिए।

अचानक छर्रा लागेर घाइते भएका रमौलीलाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डक लगिएको छ। उनको उपचार भइरहेको प्रहरीले बताएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरेको थियो। डीएसपी मीनबहादुर घलेको कमान्डमा सात जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट असई सञ्जयकुमार वर्माको नेतृत्वमा दुई जना तथा इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दयाकृष्ण भट्टको कमान्डमा २२ जना प्रहरी घटनास्थल पुगेका थिए।

प्रहरी टोलीले घटनामा प्रयोग भएको भनिएका दुई नाल भरुवा बन्दुक बरामद गर्नुका साथै गोविन्द ठाडा मगरलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ। घटनाको प्रकृति, बन्दुकको प्रयोग तथा अन्य विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ।

Previous Post

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

Next Post

थाना परिसरमै महिला प्रहरीबाट बलात्कारको आरोप, १२ प्रहरी निलम्बित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav