नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य घटेको छ। चाँदी तोलामा ४५ रुपैयाँले घटेर तीन हजार ६७५ रुपैयाँ कायम भएको महासंघले बताएको छ। सोमबार चाँदी प्रतितोला तीन हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।
