• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अपिहिमाल पर्यटन महोत्सव आजदेखि सुरु हुँदै, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
अपिहिमाल पर्यटन महोत्सव आजदेखि सुरु हुँदै, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
0
SHARES
0
VIEWS

दार्चुला । दार्चुलाको अपिहिमाल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यसहित आजदेखि तीनदिने ‘अपिहिमाल पर्यटन महोत्सव २०८३’ सुरु हुँदैछ। अपिहिमाल गाउँपालिका–१ स्थित पिल्कन्दमा रहेको अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवले यस क्षेत्रको प्राकृतिक सुन्दरता, धार्मिक महत्त्व र मौलिक संस्कृतिको प्रचारप्रसार गर्ने लक्ष्य लिएको छ।

अपिहिमाल, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र विशाल पाटन यहाँका प्रमुख पर्यटकीय आकर्षण हुन्। यी प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसर विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले महोत्सवलाई मनोरञ्जन र सांस्कृतिक प्रस्तुतिमा मात्र सीमित नराखी अपिहिमालको पहिचानलाई देशविदेशसम्म पुर्‍याउने अभियानका रूपमा अघि बढाइएको बताए। पर्यटन क्षेत्रको विकासबाट स्थानीय अर्थतन्त्र सबल बनाउनुका साथै युवालाई आफ्नै गाउँमा रोजगारीका अवसर उपलब्ध गराउने गाउँपालिकाको योजना रहेको उनको भनाइ छ।

तीन दिनसम्म चल्ने महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी, साहित्यिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति र मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। त्यस्तै, योग, ध्यान तथा जलवायु परिवर्तनसम्बन्धी संवाद पनि महोत्सवका मुख्य आकर्षण रहनेछन्।

महोत्सवमा आउने पर्यटकको सहजताका लागि आवास, सूचना, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। स्थानीय उत्पादनको बजारीकरण गर्ने अवसरका रूपमा समेत महोत्सवलाई हेरिएको छ। पर्यटकको संख्या बढेसँगै होमस्टे, होटल, कृषि उपज, हस्तकला तथा घरेलु उद्योगका उत्पादनले बजार विस्तार गर्ने अपेक्षा स्थानीय व्यवसायीले गरेका छन्।

अपिहिमाल गाउँपालिकाले चालु आर्थिक वर्षमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गरेको छ। यसअघि वार्षिक पाँच हजारभन्दा बढी पर्यटक आउने गरेको तथ्यलाई आधार मानेर पर्यटक संख्या दोब्बर पुर्‍याउने योजना बनाइएको हो।

यद्यपि, तीनदिने महोत्सवले मात्रै दीर्घकालीन पर्यटन विकासको लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ। वर्षभरि पर्यटक आकर्षित गर्न आवश्यक पूर्वाधार निर्माण, आवास सुविधा, भरपर्दो सूचना प्रणाली र सुरक्षा व्यवस्थालाई निरन्तर प्रभावकारी बनाउनु गाउँपालिकाका लागि मुख्य चुनौती हुनेछ।

 

Previous Post

कारागारबाट कैदी फरार प्रकरणः घटनाको छानविन गर्न डिआईजी सापकोटा डोल्पामा

Next Post

दुई महिनादेखि बन्द ई–जीपी प्रणाली अझै सञ्चालनमा आएन, तिहारपछि नयाँ प्रविधिसहित सुरु गर्ने तयारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav