धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा माटो लिन पुगेकी स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको मृत्यु भएको हो। उनी घर पोत्नका लागि आवश्यक माटो खन्न वन क्षेत्रमा पुगेकी थिइन्।
सोमबार साँझ करिब ५ बजे माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा उनी त्यसमा पुरिएर गम्भीर घाइते भएकी थिइन्।
घटनापछि उनलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्याइएको थियो। तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
