• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मृत्युभोजको कुप्रथाविरुद्ध भारतीय गाउँलेको सामूहिक संकल्प, अब भोज नगर्ने र नखाने प्रतिबद्धता

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
मृत्युभोजको कुप्रथाविरुद्ध भारतीय गाउँलेको सामूहिक संकल्प, अब भोज नगर्ने र नखाने प्रतिबद्धता
0
SHARES
0
VIEWS

रौतहट, १८ कात्तिक। नेपालका विभिन्न स्थानमा मृत्यु संस्कारका नाममा गरिने खर्चिलो भोजले शोकमा परेका परिवारलाई थप आर्थिक भारमा पार्ने गरेको भन्दै यसको विरोधमा आवाज उठिरहेका बेला छिमेकी मुलुक भारतको बिहारस्थित एक गाउँले मृत्युभोज प्रथा बन्द गर्ने सामूहिक निर्णय गरेको छ।

भारतको बिहार राज्यअन्तर्गत सारण जिल्लाको तरैया प्रखण्डस्थित चंचलिया गाउँका बासिन्दाले सामाजिक परिवर्तनको अभियानस्वरूप मृत्युभोजको परम्परा अन्त्य गर्ने निर्णय गरेका हुन्।

गाउँमा आयोजित सामूहिक बैठकमा सहभागी स्थानीयवासीले अबदेखि कसैको मृत्यु भएपछि मृत्युभोज आयोजना नगर्ने र अरूले आयोजना गरेको भोजमा समेत सहभागी भएर खाना नखाने सामूहिक शपथ लिएका छन्।

ग्रामीणहरूका अनुसार परिवारमा कुनै सदस्यको मृत्यु हुँदा आफन्तहरू पहिलेदेखि नै शोक र पीडामा हुन्छन्। त्यसमाथि सामाजिक दबाबका कारण मृत्युभोज आयोजना गर्नुपर्ने बाध्यताले परिवारलाई थप आर्थिक संकटमा धकेल्ने गरेको छ। विशेषगरी विपन्न परिवारले सामाजिक प्रतिष्ठा जोगाउने नाममा ऋणसमेत लिएर भोज आयोजना गर्नुपर्ने अवस्था रहेको उनीहरूले बताएका छन्।

यस सामाजिक अभियानमा अशोक यादव, सुरेन्द्र राय, प्रभु राय, हरेंद्र रायलगायत गाउँका थुप्रै स्थानीयवासी सहभागी भएका छन्। उनीहरूले आफूहरूले गरेको निर्णयले अन्य गाउँमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने र अनावश्यक खर्चिलो परम्परा हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

धार्मिक आस्था र सामाजिक परिवर्तनबीच बहस

हिन्दू धार्मिक परम्पराअनुसार परिवारका सदस्यको निधनपछि १३औँ दिनमा विधिपूर्वक श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने चलन रहिआएको छ। धार्मिक मान्यताअनुसार यस्ता कर्मकाण्ड गर्नाले दिवंगत आत्माले शान्ति प्राप्त गर्ने विश्वास गरिन्छ। कतिपय समुदायमा यस अवसरमा आफन्त, इष्टमित्र तथा समाजका मानिसलाई भोजन गराउने परम्परा पनि छ।

तर धार्मिक विधि र सामाजिक प्रतिष्ठाका नाममा गरिने अत्यधिक खर्चिलो भोजले शोकाकुल परिवारलाई आर्थिक बोझ थप्ने गरेको भन्दै यसको स्वरूप र खर्चबारे पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको छ। धार्मिक संस्कारलाई निरन्तरता दिँदै आर्थिक अवस्था कमजोर भएका परिवारलाई अनावश्यक खर्च र सामाजिक दबाबबाट मुक्त राख्नुपर्ने बहस पनि पछिल्लो समय तीव्र बन्दै गएको छ।


Previous Post

कुकुर तिहारको रील बनाउनुहोस्, उत्कृष्टलाई एक लाख रुपैयाँ पुरस्कार

Next Post

तिहारमा मिठाई किन्दै हुनुहुन्छ ? अब नाम, मूल्यदेखि प्रयोग भएको घिउ र तेलसम्म खुलाउनुपर्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav