• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपाल टेलिकमको रिले टावरमा समस्या, हुम्ला र मुगुका चार स्थानीय तह सञ्चारविहीन

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
नेपाल टेलिकमको रिले टावरमा समस्या, हुम्ला र मुगुका चार स्थानीय तह सञ्चारविहीन
0
SHARES
0
VIEWS

हुम्ला । मुगुको सोरु गाउँपालिका–१ नाथर्पुस्थित नेपाल टेलिकमको रिले टावरमा पटक–पटक समस्या आउँदा हुम्लाका तीन र मुगुको एक गरी चार स्थानीय तहका सेवाग्राही प्रभावित भएका छन् ।

गत १ कात्तिकदेखि बिग्रिएको उक्त टावर मर्मत गरी सञ्चालनमा ल्याइएको भए पनि पाँच दिनपछि पुनः समस्या देखिएपछि स्थानीयवासी सञ्चार सेवाबाट प्रभावित भएका हुन् ।

टावरमा आएको खराबीका कारण हुम्लाका चंखेली, सर्केगाड र अदानचुली गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकाका नेपाल टेलिकमका सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।

चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीले टेलिकमको नेटवर्कमा बारम्बार समस्या देखिँदा स्थानीय नागरिकको गुनासो बढ्दै गएको बताइन् । नियमित सञ्चार सेवा उपलब्ध नहुँदा सेवाग्राहीलाई असहज भएको उनको भनाइ छ ।

त्यस्तै, सर्केगाड गाउँपालिका–१ जैरको बेताल भन्ने स्थानमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेपछि गाउँपालिकाका विभिन्न क्षेत्रका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

वडा नम्बर १ का सचिव पाण्डव बुढाले टेलिकमको टावरमा पटक–पटक समस्या देखिने गरेकाले हुम्लाका तीन स्थानीय तहका नागरिकले सञ्चारविहीन हुनुपर्ने अवस्था आएको गुनासो गरे ।

नेपाल टेलिकम हुम्लाकी प्रमुख रिन्जिन लामाका अनुसार मुगुको सोरुकोटस्थित रिले टावरमा प्राविधिक समस्या देखिएको हो । समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरी मर्मतको काम भइरहेको उनले जानकारी दिइन् ।

 

Previous Post

अमेरिकी चुनावी नतिजाबारे इरानी सभामुखको टिप्पणी : ‘जनताले युद्धविरुद्ध मत दिए’

Next Post

तीन वर्षपछि निर्देशनमा निश्चल बस्नेतको कमब्याक, माघमा छायांकन सुरु गर्ने तयारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav