काठचार:माडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार दीपेन्द्र पाँचौँ स्थानबाट छैटौँ स्थानमा पुगेका हुन्। यद्यपि, उनको रेटिङ अंक भने २५५ नै कायम रहेको छ।
नेपाली पुरुष क्रिकेट टोलीले गत अक्टोबरमा एसियन गेम्स खेलेयता टी-२०आई अन्तर्राष्ट्रिय खेल खेलेको छैन। यसबीच दीपेन्द्रभन्दा पछाडि रहेका अफगानिस्तानका अलराउन्डर अजमतुल्लाह ओमरजाइले जिम्बाबेसँगको टी-२०आई शृङ्खलामा सहभागिता जनाएका थिए।
उक्त शृङ्खलामा गरेको प्रदर्शनका आधारमा ओमरजाइ तीन स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन्। उनको प्रगतिका कारण दीपेन्द्र एक स्थान तल झरेका हुन्।
नयाँ वरियतामा जिम्बाबेका सिकन्दर राजा ३३१ रेटिङ अंकसहित शीर्ष स्थानमा यथावत् छन्। पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा कायम रहँदा ओमरजाइ तेस्रो स्थानमा पुगेका छन्
