• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रौतहटमा दुईवटा बसबाट दुई लाख बढीको भन्सार छलीका सामान बरामद

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
रौतहटमा दुईवटा बसबाट दुई लाख बढीको भन्सार छलीका सामान बरामद
0
SHARES
0
VIEWS

रौतहट, १९ कात्तिक । गौरबाट काठमाडौंका लागि छुटेका यात्रुबाहक बसहरूमा लुकाएर ओसारपसार गरिँदै गरेको भन्सार छलीका सामान रौतहट प्रहरीले बरामद गरेको छ।

रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा चन्द्रपुर नगरपालिका–९ डुमरियामा बुधबार राति गरिएको चेकजाँचका क्रममा दुईवटा बसबाट सुर्तीदेखि पानको पात, रङ र धार्मिक तस्बिरसम्मका सामान फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय डुमरियाअगाडि राति करिब ९ः३० बजे वरिष्ठ सई निरोज कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले गौरबाट काठमाडौं जाँदै गरेका यात्रुबाहक बसहरू रोकेर जाँच गरेको थियो।

सोही क्रममा दुवै बसमा बेवारिसे अवस्थामा राखिएका भन्सार छलीका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार बा.प्र.०३–००१ ख.२५४० नम्बरको नेपाल दर्शन बसबाट १०० केजी सुर्ती र ११० केजी अञ्जिर बरामद भएको छ।

त्यस्तै, बा.प्र.०३–००१ ख.२७०५ नम्बरको अनमोल ट्राभल्सबाट २५ केजी पानको पात, २०० केजी विभिन्न रङ, गणेश र सरस्वतीका फ्रेमसहितका ४८ थान साना–ठूला तस्बिर तथा ३०० थान ठूला पोस्टर बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार बरामद सामानमध्ये केहीको अनुमानित मूल्य २ लाख २२ हजार ६ सय रुपैयाँ रहेको छ। अन्य सामानको मूल्य भने तत्काल यकिन हुन सकेको छैन।

उल्लेखनीय कुरा के छ भने, सामान बरामद भए पनि दुवै बस भने आफ्ना गन्तव्यतर्फ गइसकेका छन्। बरामद सामान प्रहरीले नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

यात्रुबाहक सवारीसाधनलाई समेत प्रयोग गरेर भन्सार छलीका सामान ओसारपसार भइरहेको यो घटनाले सीमा क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रणमा प्रहरी निगरानी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ।

Previous Post

चितवनको जलविरे झरना घुमेर फर्किने क्रममा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु

Next Post

अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका : इन्स्पेक्टर केसीलाई प्रदेश सरकारको सम्मान

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav