• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भोटेकोशी–त्रिशूली बाढी पीडितको राहत र पुनःस्थापनाका लागि सरकारलाई निर्देशन

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१७ भदौ, २०८३
A A
भोटेकोशी–त्रिशूली बाढी पीडितको राहत र पुनःस्थापनाका लागि सरकारलाई निर्देशन
0
SHARES
0
VIEWS

सभामुख डोलप्रसाद अर्यालले मुलुकको भौगोलिक संवेदनशीलता र जलवायु परिवर्तनका कारण बढ्दो विपद्प्रति चिन्ता व्यक्त गरे।

बुधवारको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले हालै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रतिनिधिसभाको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव प्रस्तुत गरे।

गत २०८३ साल भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। यस घटनामा थुप्रै स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएका छन् भने कतिपय अझै बेपत्ता छन्।

सभामुख अर्यालले विपद् प्रभावितहरूको उद्धार, राहत र विस्थापितहरूको पुनःस्थापनाका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारलाई निर्देशन दिए। उनले घाइतेहरूको उचित उपचार सुनिश्चित गर्न र प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको सुरक्षा एवं मानसिक स्वास्थ्यप्रति संवेदनशील हुन समेत सरकारको ध्यानाकर्षण गराए।

उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, स्वयंसेवक र सञ्चारकर्मीप्रति सभाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै, अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त प्राविधिक सहयोग र सद्भावप्रति आभार व्यक्त गरिएको छ।

सभामुखले नेपालको कमजोर भू–संरचना र जलवायु परिवर्तनका कारण वर्षेनी ५०० भन्दा बढी विपद्का घटना हुने गरेको तथ्य प्रस्तुत गरे। हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिमताल विस्फोटको जोखिमलाई औँल्याउँदै उनले अब ‘विपद्पछिको व्यवस्थापन’ मात्र नभई ‘पूर्वतयारीको संस्कृति’ निर्माण गर्नुपर्नेमा जोड दिए।

जलवायु परिवर्तनका कारण सिर्जित क्षति र नोक्सानीका विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको आवाज बलियो बनाउन उनले सरकारलाई आग्रह गरे।

उनले भने, ‘जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौतीका सम्बन्धमा नेपालले आफ्नो मुद्दा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन आवश्यक छ।’

प्रतिनिधिसभाले राष्ट्रिय शोकको यस घडीमा सबै पक्षलाई ऐक्यबद्ध रहन र विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आह्वान गरेको छ। सभामुखद्वारा प्रस्तुत उक्त विशेष प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ।

बैठकले दिवङ्गतहरूको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरेको छ। सभाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Previous Post

भोटेकोशी बाढी अपडेटः १,११४ को मृत्यु पुष्टि, सुरुङमा खोज र डिएनए परीक्षणलाई तिब्रता

Next Post

भोटेकोशी बाढीः राष्ट्रिय संकट घोषणा गर्न सांसद राईको माग

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav