• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

धनतेरस लक्षित राष्ट्र बैंकले बेच्न थाल्यो सुनका असर्फी र चाँदीका सिक्का, खरिद गर्न सर्वसाधारणको भीड

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
धनतेरस लक्षित राष्ट्र बैंकले बेच्न थाल्यो सुनका असर्फी र चाँदीका सिक्का, खरिद गर्न सर्वसाधारणको भीड
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरस पर्वलाई लक्षित गर्दै बिहीबारदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ।

राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट सर्वसाधारण तथा संस्थागत खरिदकर्तालाई सुन र चाँदीका सिक्का उपलब्ध गराउन थालेको हो।

धनतेरसका अवसरमा सुनका असर्फीको माग बढी हुने भएकाले उपभोक्तालाई सहज रूपमा खरिद गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राम तौलका एक–एक थान सुनका असर्फी खरिद गर्न सक्नेछन्।

असर्फीको मूल्य निर्धारण गर्दा प्रचलित बजारमा रहेको सुनको मूल्यमा निर्माण खर्च जोडिनेछ। व्यक्तिगत खरिदकर्ताका लागि सुनको बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी दैनिक बिक्री मूल्य कायम गरिने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, संस्थागत खरिदकर्ताका लागि भने बजार मूल्यमा प्रतिग्राम ३०० रुपैयाँ थप गरेर मूल्य निर्धारण गरिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले व्यक्ति तथा संस्थालाई दुवैलाई असर्फी खरिद गर्न सक्ने सुविधा दिएको छ।

यसैबीच, धनतेरसका लागि सुन तथा चाँदीका सिक्का खरिद गर्न बबरमहलस्थित टक्सार विभागमा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ। बिहानैदेखि उपभोक्ता लामो समय लाइनमा बसेर आफूलाई आवश्यक सुनका असर्फी तथा चाँदीका सिक्का खरिद गरिरहेका छन्।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार धनतेरसका दिन सुनचाँदीका गरगहना, धातु तथा सिक्का खरिद गर्नु शुभ मानिन्छ। यसलाई धन, समृद्धि र सुख–सौभाग्यको प्रतीकका रूपमा लिने परम्परा रहिआएको छ।

 

Previous Post

आईजीपी हटाउने निर्णय सुशासन होइन, शक्ति प्रदर्शन हो : भीष्मराज आङ्देम्बे

Next Post

पूर्वमुख्यमन्त्रीका छोरा दीक्षान्त बानियाँमाथि ३४ करोड ऋण दुरुपयोगको आरोप

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav