• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एनपीएलपछि अबुधाबी टी–१० मा पनि पीसीबीको शुल्क विवाद, प्रतिखेलाडी १० हजार डलर माग

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
एनपीएलपछि अबुधाबी टी–१० मा पनि पीसीबीको शुल्क विवाद, प्रतिखेलाडी १० हजार डलर माग
0
SHARES
0
VIEWS

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आफ्ना खेलाडीलाई विदेशी फ्रेन्चाइज प्रतियोगितामा सहभागी हुन अनुमति दिने अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउन शुल्क मागेपछि फेरि विवाद सिर्जना भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)का बेला प्रतिखेलाडी २५ हजार अमेरिकी डलर मागेको पीसीबीले अबुधाबी टी–१० लिगका लागि पनि प्रतिखेलाडी १० हजार डलर मागेको हो।

नोभेम्बर ७ देखि २० सम्म संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा आयोजना हुने प्रतियोगिताका लागि पाकिस्तानका १६ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा छनोट भएका छन्। तर, प्रतियोगिता सुरु हुन दुई दिन मात्र बाँकी रहँदा पनि उनीहरूले पीसीबीबाट एनओसी पाउन सकेका छैनन्।

विभिन्न सञ्चारमाध्यमका अनुसार पीसीबीले यसै साताको सुरुवातमा प्रत्येक खेलाडीका लागि १० हजार अमेरिकी डलर शुल्क बुझाउनुपर्ने सर्त अघि सारेको थियो। मागअनुसार रकम उपलब्ध नभए खेलाडीलाई प्रतियोगितामा सहभागी हुन अनुमति नदिइने बताइएको छ।

पीसीबीको मागपछि आयोजक र फ्रेन्चाइज टोलीहरू रकम तिर्ने वा अन्य खेलाडीलाई अवसर दिने भन्ने विषयमा छलफलमा जुटेका छन्। केही पाकिस्तानी खेलाडी भने फ्रेन्चाइज टोलीले शुल्क तिर्न अस्वीकार गरे आफ्नै पारिश्रमिकबाट रकम बुझाएर भए पनि खेल्ने तयारीमा रहेको समाचारमा उल्लेख छ।

यस प्रतियोगिताका लागि पाकिस्तानका चर्चित खेलाडी शादाब खान, फखर जमान, नसीम शाह, मोहम्मद आमिर, इफ्तिखार अहमद, फहीम अशरफ र खुशदिल शाहसहित १६ जना छनोट भएका छन्।

टोलीगत रूपमा यूएई बुल्सले सबैभन्दा धेरै ६ पाकिस्तानी खेलाडी अनुबन्ध गरेको छ। उक्त टोलीमा शादाब खान, मोहम्मद आमिर, ख्वाजा नफे, खुशदिल शाह, आजम खान र मोहम्मद वासिम जुनियर छन्।

युनाइटेड टाइगर्सले फखर जमान, इफ्तिखार अहमद, फहीम अशरफ, सुफियान मुकिम र अब्बास अफ्रिदीलाई टोलीमा राखेको छ। रोयल डेजर्ट च्याम्पियन्समा नसीम शाह छन् भने एमिरेट्स ईगल्सले हसन नवाज, आकिफ जावेद र अली रजालाई छनोट गरेको छ। अरेबियन एसेसमा सलमान इरशाद रहेका छन्।

१६ खेलाडीका लागि पीसीबीले मागेको शुल्क जोड्दा कुल एक लाख ६० हजार अमेरिकी डलर पुग्छ। यो रकम भुक्तानी गर्नुभन्दा वैकल्पिक खेलाडी खोज्ने विकल्पमा पनि फ्रेन्चाइज टोलीहरूले छलफल गरिरहेको बताइएको छ।

विदेशी फ्रेन्चाइज लिगमा खेल्न आफ्ना खेलाडीलाई एनओसी दिने विषयमा पीसीबी यसअघि पनि विवादमा परेको थियो। गत महिना एनपीएलका लागि उसले प्रतिखेलाडी २५ हजार अमेरिकी डलर मागेको थियो।

एनपीएलका विभिन्न टोलीले अनुबन्ध गरेका सात पाकिस्तानी खेलाडीमध्ये अधिकांश प्रतियोगितामा सहभागी हुन पाएनन्। एनओसी नपाएका केही खेलाडी नेपालसमेत आउन सकेनन्। जनकपुर बोल्ट्सका इफ्तिखार अहमद र हुनेन शाह नेपाल आए पनि खेल्न नपाई स्वदेश फर्किएका थिए। यद्यपि, कर्णाली याक्सका हुसैन तलत भने प्रतियोगितामा सहभागी भएका छन्।

 

Previous Post

आयकर ऐनका दुई प्रावधान हटे ग्यास उद्योग मर्जरमा जान तयार : सङ्घ

Next Post

स्थानीय चुनावको सरगर्मी बढ्दै : सामाजिक सञ्जालदेखि चिया पसलसम्म उम्मेदवारको चर्चा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav