काठमाडौं, १९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङमा ओर्लिएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४९ रन बनाउन सक्यो। लुम्बिनीका लागि सबैभन्दा धेरै कप्तान रोहित पौडेलले ३४ रन बनाए।
इनिङ्सको पहिलो बलमै ओपनर डार्सी सर्टलाई ललित राजवंशीले राहुल यादवमार्फत क्याच आउट गराउँदै गोल्डेन डकमा पेभेलियन फर्काएका थिए
