विशेष अदालतले बुधबार यादवलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो।
यादवलाई एक उपभोक्ता समितिका अध्यक्षसँग ७२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको थियो।
अख्तियारको टोलीले उनलाई महोत्तरीको औरहीस्थित सडकबाट नियन्त्रणमा लिएको थियो। घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो।
गोलबजार नगरपालिका–१२, सिमरा घर भएका यादव कल्याणपुर नगरपालिकाबाट सरुवा भएर सोनमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। सरुवा भएर नयाँ जिम्मेवारी सम्हालेको केही दिनमै उनी घुस रकमसहित पक्राउ परेका थिए।
विशेष अदालतले बुधबार गरेको फैसलासँगै उक्त भ्रष्टाचार मुद्दामा यादव दोषी ठहर भएका हुन्।
