• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अब स्थानीय तहकै ड्यासबोर्डबाट स्वास्थ्य बीमा, कसरी लिन सकिन्छ सेवा ?

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
अब स्थानीय तहकै ड्यासबोर्डबाट स्वास्थ्य बीमा, कसरी लिन सकिन्छ सेवा ?
0
SHARES
0
VIEWS

नमुनाका रूपमा कपिलवस्तु र गोकर्णेश्वर नगरपालिका छनोट

  • स्वास्थ्य बीमा बोर्डले स्थानीय तह र प्रदेश सरकारमार्फत नागरिकलाई बीमामा आबद्ध गराउन एच.आई.बी.ई. पोर्टल सञ्चालनमा ल्याएको छ।
  • नयाँ प्रणालीबाट स्थानीय तहले आफ्नै ड्यासबोर्ड प्रयोग गरी बीमा दर्ता, नवीकरण, योगदान रकम भुक्तानी र अभिलेख व्यवस्थापन गर्न सक्नेछन्।
  • डिजिटल प्रणालीले बीमा प्रक्रिया सहज, पारदर्शी र छिटो बनाउने अपेक्षा गरिएको छ।

काठमाडौं । नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सहज बनाउन स्वास्थ्य बीमा बोर्डले स्थानीय तह र प्रदेश सरकारलाई लक्षित गर्दै नयाँ डिजिटल सेवा सुरु गरेको छ। बोर्डले एच.आई.बी.ई. पोर्टलमार्फत ‘सामूहिक आबद्धता तथा नवीकरण’ सेवा सञ्चालनमा ल्याएको हो।

कार्यक्रमको पहिलो चरणमा कपिलवस्तु नगरपालिका र काठमाडौंको गोकर्णेश्वर नगरपालिकालाई प्रणालीमा संस्थागत पहुँच प्रदान गरिएको छ। यी दुई पालिकालाई नमुनाका रूपमा छनोट गर्दै सेवाको औपचारिक सुरुवात गरिएको बोर्डले जनाएको छ।

नयाँ प्रणाली कार्यान्वयनमा आएपछि प्रदेश तथा स्थानीय सरकारले आफ्नै ड्यासबोर्डबाट नागरिकको बीमा दर्ता गर्न, पुरानो बीमा नवीकरण गर्न, योगदान रकम भुक्तानी गर्न र विवरण सुरक्षित राख्न सक्नेछन्। यसका लागि सम्बन्धित पालिकाले स्वास्थ्य बीमा बोर्डका प्रदेश तथा जिल्ला कार्यालयसँग समन्वय गर्नुपर्नेछ।

यसअघि बीमा कार्यक्रममा नागरिकलाई सामूहिक रूपमा आबद्ध गराउन वडाबाट विवरण सङ्कलन गरी फारम भर्ने र नगरपालिकामार्फत बोर्डमा पठाउने प्रक्रिया अपनाइन्थ्यो। नयाँ व्यवस्थाले उक्त प्रक्रियालाई अनलाइन प्रणालीमा जोडेर प्रशासनिक कामको बोझ घटाउने अपेक्षा गरिएको छ।

स्थानीय तहले आफ्नो युजर आईडी प्रयोग गरी पोर्टलमा नागरिकको विवरण प्रविष्ट गरेर सामूहिक रूपमा बीमा गराउन सक्नेछन्। अनलाइनबाट विवरण बुझाएपछि बीमा कार्डसमेत प्रणालीमार्फत तयार हुनेछ। बीमाका लागि लाग्ने योगदान रकमको हिसाब र भुक्तानी पनि यही पोर्टलबाट गर्न सकिने व्यवस्था मिलाइएको छ।

स्वास्थ्य बीमा बोर्डका प्रवक्ता डा. पवनकुमार शाहका अनुसार बोर्डले उपलब्ध गराएको युजरनेम र पासवर्ड प्रयोग गरी स्थानीय तहले नागरिकको विवरण दर्ता गर्न सक्नेछन्। बीमाबापतको रकम सम्बन्धित स्थानीय तहले भुक्तानी गर्ने व्यवस्था रहने उनले बताए।

यसअघि केही पालिकामा वडाले नागरिकको विवरण सङ्कलन गरेर फारम भर्ने र नगरपालिकामा बुझाउने प्रक्रिया अपनाउँदा काम केही झन्झटिलो हुने गरेको शाहले बताए।

उनका अनुसार अब पालिकालाई आफ्नै ड्यासबोर्डबाट विवरण प्रविष्ट गर्ने, नागरिकलाई बीमामा आबद्ध गर्ने र कार्ड तयार पार्ने सुविधा उपलब्ध गराइएको छ। कुनै संस्थाले सामूहिक रूपमा स्वास्थ्य बीमा गराउन चाहेमा पनि आवश्यक युजरनेम र पासवर्ड उपलब्ध गराउन सकिने उनले जानकारी दिए।

गोकर्णेश्वर र कपिलवस्तु नगरपालिकाले यसअघि पनि स्थानीय नागरिकको स्वास्थ्य बीमासम्बन्धी दाबी भुक्तानीमा सहयोग गर्दै आएका थिए। अन्य स्थानीय तहलाई समेत यस कार्यक्रममा सहभागी हुन प्रेरित गर्ने उद्देश्यले यी दुई पालिकाबाट नयाँ सेवा सुरु गरिएको बोर्डले जनाएको छ।

 

Previous Post

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता भएन, अध्ययनका लागि राखियो

Next Post

राष्ट्रपति पौडेललाई सम्यक महादानमा सहभागी हुन निमन्त्रणा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav