• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

तिहार, नेपाल संवत् र छठका लागि प्रहरीको विशेष सुरक्षा योजना, ५० हजारभन्दा बढी जनशक्ति परिचालन

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
तिहार, नेपाल संवत् र छठका लागि प्रहरीको विशेष सुरक्षा योजना, ५० हजारभन्दा बढी जनशक्ति परिचालन
0
SHARES
0
VIEWS

काठमाडौं । तिहार, नेपाल संवत् र छठ पर्वलाई सुरक्षित तथा व्यवस्थित बनाउन नेपाल प्रहरीले देशभर विशेष सुरक्षा व्यवस्था लागू गरेको छ। सम्भावित चोरी, लुटपाट, जुवातास, झैझगडा, मादक पदार्थ सेवन, आगलागी र पटका आतसबाजीका घटना रोक्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेका अनुसार जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तयार पारिएको योजना कार्यान्वयनमा ल्याइएको हो। चाडपर्वका बेला शान्ति सुरक्षा कायम राख्दै नागरिकलाई सुरक्षित वातावरणमा उत्सव मनाउने व्यवस्था मिलाउनु योजनाको मुख्य उद्देश्य रहेको उनले बताए।

देउसीभैलो, मेला तथा सांस्कृतिक कार्यक्रम हुने स्थानमा हुन सक्ने जुवातास, मादक तथा लागुपदार्थ सेवन, होहल्ला र झैझगडा नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ। जोखिमयुक्त क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत खटाइएको छ।

सुरक्षा अनुगमनका लागि सीसीटीभी, बडी वार्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन गरिने प्रहरीले जनाएको छ। बढी भीडभाड हुने मेला तथा सार्वजनिक स्थलमा ५० भन्दा बढी ड्रोनबाट निगरानी गरिनेछ। त्यसैगरी, नियमित गस्ती, पेट्रोलिङ, चेकप्वाइन्ट, कमान्ड पोस्ट र आकस्मिक जाँचको व्यवस्था गरिएको छ।

पटका, भुइँचम्पा, झिरझिरेलगायत विस्फोटक सामग्रीको आयात, बिक्रीवितरण र प्रयोग रोक्न सीमा नाका तथा भन्सार क्षेत्रमा निगरानी कडा पारिएको प्रवक्ता काफ्लेले जानकारी दिए। यस्ता गतिविधि नियन्त्रण गर्न विशेष रूपमा प्रहरी परिचालन गरिएको उनको भनाइ छ।

काफ्लेले पटका पड्काउँदा दुर्घटना तथा मानवीय क्षति हुन सक्ने भन्दै त्यसको प्रयोग नगर्न नागरिकलाई आग्रह गरेका छन्। त्यस्ता सामग्री भित्र्याइएको वा प्रयोग भएको जानकारी पाए प्रहरीको १०० नम्बरमा खबर गर्न उनले अनुरोध गरे।

चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्य बढाउने, कालोबजारी गर्ने र मिठाईलगायत खाद्यवस्तुमा मिसावट गर्ने गतिविधिमाथि पनि निगरानी बढाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य निकायसँगको सहकार्यमा संयुक्त बजार अनुगमन भइरहेको प्रहरीले जनाएको छ।

म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीको बिक्री रोक्ने, व्यापारिक केन्द्र र भण्डारणस्थलको अनुगमन गर्ने तथा फूलमाला र पूजासामग्री बिक्री हुने क्षेत्रलाई व्यवस्थित बनाउने कामलाई समेत प्राथमिकता दिइएको छ।

यातायात क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन छुट्नुअघि नै चालकको अनुमतिपत्र र मादक तथा लागुपदार्थ सेवन गरे–नगरेको परीक्षण गरिनेछ। सवारीको यान्त्रिक अवस्था जाँच गर्नुका साथै लामो दूरीका सवारीमा दुई चालक राख्ने व्यवस्थाको पालना भए नभएको पनि अनुगमन गरिने प्रहरीले जनाएको छ।

यात्रुहरूको सहजताका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रबाट नेपाल फर्किने नागरिक ठगी तथा लुटपाटमा पर्न नदिन थप १०८ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रवक्ता काफ्लेले बताए।

तिहारमा घर छाडेर बाहिर जाने नागरिकलाई पनि प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ। घर लामो समय खाली रहने जानकारी सामाजिक सञ्जालमा नराख्न, नजिकको प्रहरी कार्यालय र छिमेकीलाई जानकारी दिन तथा गरगहना र बहुमूल्य सामग्री घरमा नराख्न सुझाव दिइएको छ। सम्भव भएसम्म घरमा सीसीटीभी जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

लक्ष्मीपूजाका दिन दियो र मैनबत्ती बाल्दा पर्दा, कपडा तथा आगो सल्कन सक्ने वस्तुबाट टाढा राख्न प्रहरीले सचेत गराएको छ। बालबालिकालाई प्रज्वलनशील सामग्री नदिन, प्रयोगमा नरहेका विद्युतीय उपकरण बन्द गर्न तथा दियो र मैनबत्तीलाई निगरानीबिना नछाड्न आग्रह गरिएको छ। गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न पनि सुझाव दिइएको छ।

आगलागी, दुर्घटना तथा अन्य आकस्मिक घटनामा तत्काल उद्धार र प्रतिक्रिया दिन प्रहरीका क्विक रेस्पोन्स टिम (क्यूआरटी) तथा सीआरभी टोलीलाई तयारी अवस्थामा राखिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायको सुरक्षालाई पनि विशेष प्राथमिकतामा राखिएको काफ्लेले बताए।

कुनै शङ्कास्पद गतिविधि, यात्राका क्रममा दुर्व्यवहार, चोरी, लुटपाट वा अन्य आपराधिक घटना देखिए तत्काल प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन उनले नागरिकलाई आग्रह गरेका छन्।

प्रहरीका अनुसार तिहारदेखि छठको भोलिपल्टसम्म विशेष सुरक्षा योजना लागू रहनेछ। चाडपर्वलाई सुरक्षित, सभ्य र मर्यादित बनाउन नागरिकले पनि आवश्यक सावधानी अपनाउनुपर्ने प्रहरीको आग्रह छ।

 

Previous Post

राष्ट्रपति पौडेललाई सम्यक महादानमा सहभागी हुन निमन्त्रणा

Next Post

सलमान खानको ‘मातृभूमि’, भारतीय सिनेमाकै कीर्तिमानी लामो ट्रेलर हुने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav