• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कृष्णनगरका २६१ परिवारले पाए गाउँब्लक जग्गाको लालपुर्जा

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
कृष्णनगरका २६१ परिवारले पाए गाउँब्लक जग्गाको लालपुर्जा
0
SHARES
0
VIEWS

२० कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले वर्षौंदेखि प्रतीक्षा गर्दै आएको गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा कपिलवस्तुको सहकार्यमा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा हस्तान्तरण गरिएको हो।

नगरपालिकाका अनुसार वडा नं. १ का ७३, वडा नं. ७ का ४९ र वडा नं. ९ का १३९ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।

लामो समयदेखि जग्गा प्रयोग गर्दै आए पनि कानुनी स्वामित्व पुष्टि गर्ने कागजात नहुँदा विभिन्न कठिनाइ भोगिरहेका स्थानीयवासी लालपुर्जा पाएपछि उत्साहित भएका छन्।

लालपुर्जा प्राप्त गर्ने ८० वर्षीया मधुरा कुर्मिनीले जीवनको अन्तिम चरणमा भए पनि आफ्नो जग्गाको कानुनी स्वामित्व स्थापित गर्ने प्रमाण पाउँदा सन्तुष्टि मिलेको बताइन्। वर्षौंदेखि बसोबास र भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाउने चाहना पूरा भएको उल्लेख गर्दै उनले अब आफ्नो जग्गा आफ्नै नाममा रहेको आधिकारिक प्रमाण प्राप्त भएको बताइन्।

त्यस्तै, वडा नं. ९ का छेदी अहिरले पाँच पुस्तादेखि परिवारले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणपत्र बल्ल प्राप्त भएको जानकारी दिए। पुर्जा नहुँदा लामो समयदेखि स्वामित्वसम्बन्धी अन्योल कायम रहेको भन्दै उनले अहिले लालपुर्जा हात परेपछि परिवारमा खुसी छाएको बताए।

नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाको स्वामित्वलाई कानुनी रूपमा सुनिश्चित गर्ने काम नगरपालिकाको प्राथमिकतामा रहेको बताए। लालपुर्जा वितरणले स्थानीयवासीको सम्पत्तिमाथिको अधिकार सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नसमेत सहज हुने उनको भनाइ छ।

नगरपालिकाभित्र लालपुर्जा प्राप्त गर्न बाँकी रहेका गाउँब्लक जग्गाधनीलाई पनि चरणबद्ध रूपमा प्रमाणपुर्जा उपलब्ध गराइने शाहले जानकारी दिए। बाँकी जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया टुंग्याउन सम्बन्धित सरकारी निकायसँग समन्वय गरिने उनले बताए।

यसैगरी, कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरणका लागि पनि प्रक्रिया अघि बढाउने तयारी भइरहेको नगर प्रमुख शाहले जानकारी दिए। यससम्बन्धी अध्यादेश आइसकेको र आयोग गठन भएपछि वितरण प्रक्रिया अगाडि बढाइने उनले बताए।

नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच र दर्तासम्बन्धी काम सम्पन्न भएपछि लालपुर्जा वितरण गरिएको जानकारी दिए। उनका अनुसार उक्त जग्गाको नापी कार्य २०७० सालमै गरिएको थियो।

भण्डारीले लालपुर्जा प्राप्त गरेका जग्गाधनीलाई प्रमाणपुर्जामा उल्लेखित आफ्नो नाम, कित्ता नम्बर, जग्गाको क्षेत्रफललगायत विवरण राम्ररी रुजु गर्न आग्रह गरे। कुनै विवरण गलत भेटिएमा सम्बन्धित कार्यालयमा सम्पर्क गरेर सच्याउन सकिने उनले स्पष्ट पारे।

लालपुर्जा वितरण कार्यक्रममा नगर उपप्रमुख आरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, वडा नं. ९ का वडाध्यक्ष शतिस हरिजन, नापी टोलीका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा जग्गाधनीहरूको उपस्थिति थियो।

Previous Post

गोकुल बास्कोटाको टिप्पणी : चार वर्ष रवि बालेनका साक्षी मात्रै

Next Post

उत्तरी गोरखाका विकट गाउँमा नुनको मूल्य प्रतिप्याकेट २०० रुपैयाँसम्म

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav