२० कात्तिक, काठमाडौं । हुम्लालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको छ।
भूकम्पका कारण कुनै क्षति वा मानवीय प्रभाव परेको छ वा छैन भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
