काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने भएका छन्।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो। अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा सदस्यहरूको आज शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
सोही अवसरमा दिउँसो १ बजे एमालेको केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीले नवनिर्वाचित नेतृत्वलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
