• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बाढीपहिरोको जोखिमयुक्त क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुनसक्छ : सडक विभागका महानिर्देशक जैसी

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
बाढीपहिरोको जोखिमयुक्त क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुनसक्छ : सडक विभागका महानिर्देशक जैसी
0
SHARES
0
VIEWS

काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको उच्च जोखिम रहेका स्थानमा पर्याप्त प्राविधिक अध्ययनबिना बेलिब्रिज निर्माण गर्नु जोखिमपूर्ण हुने बताएका छन्। उनले अस्थायी पुल निर्माण गर्नुभन्दा कतिपय स्थानमा विद्यमान पुलका एप्रोच सडक सुधार गर्नु दीर्घकालीन र सुरक्षित विकल्प हुने धारणा राखेका छन्।

शुक्रबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा महानिर्देशक जैसीले बेलिब्रिज निर्माण तथा व्यवस्थापनका प्राविधिक चुनौतीबारे जानकारी गराएका हुन्।

उनका अनुसार बेलिब्रिज निर्माणका लागि बलियो जग आवश्यक पर्छ। त्यसको सुरक्षाका लागि पनि उच्चस्तरको प्राविधिक सावधानी अपनाउनुपर्छ। रसुवागढी नाकाको उदाहरण दिँदै उनले बेलिब्रिज निर्माणमा ठूलो रकम र लामो समय खर्च हुने बताए।

वर्षायाम सुरु हुनुअघि यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यताले थप आर्थिक भार र प्राविधिक समस्या निम्त्याउने उनको भनाइ छ। बजेट सुनिश्चित नभएको तथा कतिपय अवस्थामा नियमगत जटिलता रहे पनि विभागले आपत्कालीन परिस्थितिमा काम गरिरहेको उनले स्पष्ट पारे।

‘बेलिब्रिज राख्ने विषयमा हतार गर्नु हुँदैन। धेरै ठाउँमा नयाँ बेलिब्रिज निर्माण गर्नुभन्दा विद्यमान पुलका एप्रोच सडक सुधार गर्नु दीर्घकालीन र सुरक्षित उपाय हुन सक्छ। अन्यथा वर्षायामको बाढीले अस्थायी संरचना बगाउने जोखिम रहन्छ,’ जैसीले भने।

उनले मालढुङ्गा र आरुघाट पुलमा देखिएका समस्या पनि बजेट अभावकै अवस्थामा समाधान गरिएको जानकारी दिए। अहिले बेलिब्रिज निर्माणको निर्णय गर्दा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्को जिम्मेवारीसमेत विचार गर्नुपर्ने उनले बताए।

त्यसैगरी, ढुङ्गेवामा भइरहेको निर्माण कार्य तिहारलगत्तै दुई साताभित्र सम्पन्न हुने विश्वास उनले व्यक्त गरे। विपद् जोखिम न्यूनीकरण र पूर्वाधार निर्माणसम्बन्धी निर्णय गर्दा सबै सम्बन्धित पक्षबीच समन्वय र प्राविधिक मूल्याङ्कन आवश्यक रहेकोमा उनले जोड दिए।


Previous Post

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

Next Post

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पदको योग्यतासम्बन्धी मुद्दा फेरि सर्‍यो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav